६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बन्ने

चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बन्ने
अ+ अ-

काठमाडौँ । नेपाल डेभलपमेण्ट पब्लिक कम्पनी (एनडीपी) ले चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बनाउने भएको छ ।

एनडीपीको शुक्रवार सम्पन्न साधारणसभाका कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी दिनुभएको हो । उहाँले एनडीपीसहितको समुहले मिलेर सो जलविद्युत परियोजना निर्माणको लागी सम्झौता गरेको बताउनु भयो । उक्त जलविद्युत निर्माणको लागि सहज रहेको समेत उहाँले बताउनु भयो । भारतको सिमासम्म पुग्ने गरि उक्त ठाउँमा विद्युत प्रशारण लाईन समेत बनिसकेको उहाँको भनाई छ । मुक्तिनाथ जाने बाटोमा रहेको लेतेबाट टनेलमा पानी छिराउने र हाईवेमा नै कालिगण्डकी पावरहाउस निर्माण गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले कालिगण्डकी कोभाङ भन्ने एउटा प्रोजेक्ट छ, जुन प्रोजेक्ट अदालतले खारेज गरेको थियो । अदालतले खारेज गरिदिएर प्रोजेक्ट बास्केटमा गएको थियो, अहिले त्यो कम्पनीले सर्वोच्चवाट मुद्दा जितेर लाईसेन्स रिस्टेट भएको हिसाबले हामीले त्यो लाईसेन्स एनडीपीसहितको ग्रुपले एग्रिमेन्ट गरेर अगाडी बढाउन खोजेका छौँ । त्यो करिब ४ सय मेगावाट हुन्छ । क्यू४० हिसाबले १६३ छ , क्यू२५ को हिसावले गर्दाखेरि करिब ४०० मेगावाट हुन्छ । त्यो भनेको ट्रान्समिसन लाईन पनि अलरेडी बनिसकेको छ । ईण्डिया जाने कालिगण्डकी करिडोर ट्रान्समिसन लाईन बोर्डरसम्म नै गईसकेको अवस्था छ । अर्को चाँही त्यो कस्तो ठाउँमा छ भने लेतेबाट टनेलमा पानी छिराउने र हाईवे मै कालिगण्डकी (हाम्रो ज्ञानेन्द्रजी र सांघाईजीहरुले अगाडी बढाउनुभएको) कालिगण्डकी गर्ज भन्ने त्यसको माथि हाईवे मै पावरहाउस निकाल्ने भनेपछि यो एकदमै राम्रो प्राजेक्ट छ । त्यो प्रोजेक्टमा हामी बढीसकेको अवस्था छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका ढकालले एनडीपीले स्टार्टअप, जलविद्युत आयोजना निर्माण लगायतका क्षेत्रमा लगानी गर्ने जानकारी दिनुभयो ।