
कञ्चनपुरको पश्चिमी नाका गडडाचौकी राखिएको हेल्प डेस्कमा शनिबार स्वास्थ्य परीक्षणका लागि व्यवस्था गरिएको लाइन । भारतको विभिन्न स्थानबाट स्वदेश फर्किदै गरेका नेपालीलाई कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न डेस्क राखिएको छ । तस्बीरः शेरबहादुर सिंह, रासस, 
सिमामा स्वास्थ्य परीक्षण गर्दै सैनिक स्वास्थ्यकर्मी कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कञ्चनपुरको पश्चिमी नाका गडडाचौकीमा शनिबार बिहान भारतबाट फर्केका नेपालीको स्वास्थ्य परीक्षण गर्दै सैनिक स्वास्थ्यकर्मी । शनिबार बिहान मात्रै सात हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको सेनाले जनाएको छ । तस्बीरः शेरबहादुर सिंह, रासस, कञ्चनपुर 
कञ्चनपुरको पश्चिमी नाका गडडाचौकी राखिएको हेल्प डेस्कमा शनिबार स्वास्थ्य परीक्षणका लागि व्यवस्था गरिएको लाइन । भारतको विभिन्न स्थानबाट स्वदेश फर्किदै गरेका नेपालीलाई कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न डेस्क राखिएको छ । 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट शनिबार बिहान कञ्चनपुरको गडडाचौकीनाकाको स्थलगत अनुगमनपछि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिदैं । 
कोरना भाइरसको सन्त्रासले जिल्ला बाहिर शहर र नोकरी गर्न भारत गएका बाजुराका स्थानीयहरु घर फर्किदै । पूर्वी उत्तरी भेगका जानका लागि यात्रुहरु जीप काउन्टरमा टिकट काटदै । तस्वीर ः प्रेमबहादुर रौले 
कोरोना भाइरस (कोभिड १९)बाट प्रभावित भइ आकास्मिकरुपमा आएको विरामीलाई तत्काल उपचारमा ल्याउन शीर मेमोरियल अस्पताल बनेपामा तयार गरेको आइसोलेसन कक्ष । यहाँ पाँच बेड तयारी अवस्थामा राखिएको छ । तस्वीर ः पेमा लामा








