१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो



अ+ अ-

काठमाडौँ । पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमती जुटाउन बसेको नेपाली काँग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ ।

निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमती जुट्न नसकेको हो । समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । उहाँले कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरुको मतान्तर सहमतीको नजिक पुगेको पनि आफूले अनुभुति गरेको बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो,‘पदाधिकारीहरुको बैठक बस्यो । र बैठक टुंगियो । जुन हामीले केन्द्रिय कार्य समितिमा छलफल चलाईराखेका छौं । एउटा सर्वसम्मत निर्णयमा कसरी पुग्ने भन्नेमा हाम्रो सम्पूर्ण छलफल केन्द्रित थियो । धेरै नजिक आएको अनुभव मैले गरेको छु । र, एउटा सहमतीबाटै केन्द्रिय समितिले टुंग्याउँछ । र एउटा समान दुुष्टिकोण बन्छ । र त्यही अनुसार हामी निष्कर्षमा पुग्छौँ भन्ने मलाई लागेको छ । १५ औ महाधिवेशन सम्पन्न गर्ने विषयमा जुन आम निर्वाचन अगाडि गर्दा राम्रो हुन्छ कि आम निर्वाचन पछि गर्दा राम्रो हुन्छ ? भन्ने विषयमा नै मतान्तर हो । यसमा धेरै हिसावले हामी नजिक आएको महशुस मैले गरेको छु । र, एउटा समान निष्कर्षमा हामी पुग्छौ भन्ने मलाइ लागेको छ ।’

नेपाली काँग्रेसको संस्थापन पक्षले निर्वाचन पछि आगामी वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडान राख्दै आएका छन भने महामन्त्री द्धय गगन थापा, विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचन अघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेपछि चालु केन्द्रिय समितिको बैठक समेत भोलीसम्मका लागि स्थगित गरिएको छ ।