२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्शकसँगै परान हेरेपछि पूजा चन्द भन्छिन्ः दर्शकको प्रतिक्रिया राम्रो पाएँ



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘परान’ले प्रतिकुल मौसमका बाबजुद पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको अभिनेत्री पूजा चन्दले बताउनुभएको छ ।

नेपाली चलचित्र ‘परान’ प्रदर्शनमा आएको दोस्रो दिन दर्शकको उत्साह कायम रहेको छ । शुक्रवारदेखि देशभरका विभिन्न सिनेमा हलहरूमा प्रदर्शनमा आएको यस चलचित्रले मौसम प्रतिकुल भएपनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

यसै बिच चलचित्रकी अभिनेत्री पूजा चन्दले मौसमले पूर्ण साथ नदिए पनि दर्शकको प्रेमप्रति खुशी व्यक्त गर्नुभयो । मौसम सुधार भएपछि अझ धेरै दर्शक हलमा आउनेमा आफू विश्वस्त उहाँले बताउनु भयो । उहाँकाअनुसार चलचित्रको पहिलो दुई दिनमै विभिन्न स्थानबाट राम्रो समीक्षात्मक प्रतिक्रिया आएको छ ।

उहाँले भन्नुभयो, ‘डेफिनेट्लि हामीलाई वेदरले चाहीँ एकदम साथ दिइरहेको छैन । होपफुल्लि आजदेखि बेटर हुन्छ होला, अनि दर्शकहरु हलमा अझ धेरै झुम्मिने क्रम बढ्छ होला, किनभने दर्शकहरु जति पनि आउनु भएको छ, आएर पनि उहाँहरुले जुन प्रतिक्रिया दिनुभएको छ, जति पनि अहिले सोसल मिडियामा कभरेज भएको छ, पोष्टहरु बनाई राख्नुभएको छ त्यसले पनि धेरै इफेक्ट पार्छ । सबै ठाउँबाट पोजेटिभ रेसपोन्सहरु आई राखेको छ । त्यसले गर्दा चाहीँ आइम फिलिङ भेरि ह्याप्पि ।’

दीपकराज आचार्य (काकु) बाट निदेर्शित उक्त चलचित्रमा अभिनेता निर शाहसहित अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय रहेको छ ।