१३ भाद्र २०८३, शनिबार
,
Latest
पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने ३ जना पक्राउ



अ+ अ-

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूमाथि चोरी र आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा उनीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र आगजनी गर्नुका साथै त्यहाँबाट विभिन्न सामग्री चोरेको आरोप लगाइएको छ ।

उनीहरूको साथबाट राष्ट्रपति कार्यालयमा प्रयोग भइरहेका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।