१९ मंसिर २०८२, शुक्रबार
,
Latest
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगजनीमा संलग्न एक पक्राउ



अ+ अ-

भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसहित जेनजी आन्दोलनका क्रममा आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेजुले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई हाल चाँगुनारायण नगरपालिका–८ शङ्कर भट्टामा काम गर्दै आएका २२ वर्षीय सुमन कार्कीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले कार्कीको कोठाबाट १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसमेत फेला परेको जनकारी दिँदै कार्कीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताउनुभयो ।

त्यस्तै, भक्तपुर प्रहरी परिसरले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागार पठाएको प्रहरी नायब उपरीक्षक जबेजुले जानकारी दिनुभयो ।