• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

बार्सिलोनाको कठिन जित, रियल म्याड्रिड गेटाफेसँग पराजित



स्पेनी ला लिगा अन्तर्गत आइतबार राति भएका खेलमा बार्सिलोना विजयी भएको छ तर रियल म्याड्रिड गेटाफेसँग पराजित भएको छ ।

बार्सिलोनाले रियल मार्लोकामाथि १–० गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि बार्सिलोना १९ खेलबाट ३१ अंक सहित पाँचौं स्थानमै यथावत छ ।

बार्सिलोनाका लागि लुक डे जोङले ४४ औं मिनेटमा गोल गरेका थिए, र त्यो नै निर्णायक सावित भयो ।

कोरोना भाइरस संक्रमण र चोटका कारण बार्सिलोनाका धेरै प्रमुख खेलाडी यस खेलमा सहभागी भएका थिएनन् ।

यसैबीच, ला लिगाको पहिलो स्थानमा रहेको रियल म्याड्रिड गेटाफेसँग पराजित भएको छ । लिगमा रियलले हारे पनि २० खेलबाट रियलको ४६ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको १८ खेलबाट ३८ अंक छ ।

रियल गेटाफेसँग १–० ले पराजित भएको थियो । गेटाफेका लागि एक मात्र गोल इनेस उनलले नवौं मिनेटमा गरेका थिए ।