७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब सरर पोखरा–मुग्लिन सडकमा



अ+ अ-

गण्डकी । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.७६ र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

कुल ३८.८८ किमि दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार २९.६१ किमिमा दुईतर्फी (चार लेन) र ७.७९ किमि सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।

१८.३ किमी (दुई लेन) मा दोस्रो तहको अस्फाल्ट कालोपत्र सम्पन्न भएको इन्जिनियर कुँवरले जानकारी दिनुभयो । यस्तै दुई किमीमा सर्विस लेन कालोपत्र गरिएको उहाँको भनाइ छ । कास्कीको विजयपुर पुल, डाँडाको नाक र मौरीभिरमा गरी कुल १०८० मिटरमा एकतर्फी पहिलो तहको कालोपत्र गर्न बाँकी रहेको जनाइएको छ । चालु आव सुरू भएयता ३।२३ किमी चार लेनमा प्रथम तहको कालोपत्र र १४ किमी दुई लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्र गरिएको हो ।सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण सकिएको आयोजना कार्यालयले जनाएको छ ।

“सडक विस्तार, नाली, कल्भर्ट निर्माणलगायत अधिकांश काम सकिएको छ”, उहाँले भन्नुभयो, “चालु आवभित्र सडक निर्माण सकिन्छ, निर्माण कम्पनीले पनि पछिल्लो समय कामलाई गति दिएको छ ।”

विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताउनुभयो ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर कुँवरले बताउनुभयो । पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

उक्त खण्डमा पर्ने एक सय पाँचवटै कल्भर्ट निर्माण भइसकेका उहाँको भनाइ छ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो ।

सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड ९जामुने–मुग्लिन०को निर्माण भने अन्तिम चरणमा पुगेको छ । रासस