५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ



अ+ अ-

काठमाडौँ । भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कालीकोटको खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र सोही ठाउँका २८ वर्षीय कृष्णबहादुर शाहीलाई दुई थान भालुको पित्त जस्तो वस्तुसहित गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद–बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।




भर्खरै