१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौभा चित्रकला प्रदर्शनीमा ७० हजारदेखि १० लाख रुपैयाँसम्मका पेन्टिङ



अ+ अ-

काठमाडौँ । काठमाडौंमा परम्परागत पौभा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।

यो प्रदर्शनीमा ७० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पर्ने चित्रकला राखिएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी भइरहेको पौभा चित्रकला प्रदर्शनीमा नयाँ तथा पुराना पुस्ताका उक्त मूल्य बराबरको चित्रकला प्रदर्शनीमा राखिएको हो ।

पौभा चित्रकार रजनी सिंखवाले पौभा ‘मास्टर्स अफ डिभोसनः पौभा आर्ट फ्रम भक्तपुर’ शीर्षकमा प्रदर्शनी गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रदर्शनीमा भक्तपुरका २२ कलाकारका चित्रकला प्रस्तुत गरिएका छन् । पौभा चित्रकला परम्परागत मौलिक नेपारी चित्रकला भएको उहाँले बताउनु भयो । पौभा चित्रकला हजारौँ वर्ष पहिलादेखि चलिआएको शैलिगत आर्ट भएको उहाँको भनाई छ । पौभा चित्रकलामा हिन्दु र बौद्ध धर्म भगवानहरुको चित्र बनाइने उहाँले जानकारी दिनुभयो । उहाँले पौभा चित्रकलाको लागि धेरै मेहनत र समय खर्च हुने भएकोले यसको मूल्य पनि बढी हुने बताउनु भयो । बजारमा पाईने अन्य आर्टको तुलनामा पौभा आर्ट मंहगो हुने उहाँको भनाई छ । सामान्य पौभा चित्रकला बनाउन पनि कम्तिका एक महिना लाग्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पौभा आर्ट चाहीँ नर्मली आर्टहरु कस्तो हुन्छ भने मुल्य आर्टिस्टले आफ्नो क्रिएशन, आफ्नो क्रियटिभिटीलाई ध्यानमा राखेर मूल्य गरिन्छ तर हाम्रो पौभा पेन्टिङ एकदमै मेहनत नै धेरै हुन्छ, समय धेरै हुन्छ, लगानी धेरै हुन्छ । त्यहीअनुसार समग्रमा मूल्य पनि जुन समय धेरै गएको छ नी मूल्य पनि त्यहीअनुसार आर्टिस्टको अलिकति अरु हामीले मार्केटमा देख्ने पेन्टिङ भन्दा अलिकति बढी नै भएको पाइन्छ । यो प्रर्दशनीमा तपाईहरुले ७० हजार देखीको आर्ट शुरु भएर ८/१० लाखको पेन्टिङ पनि देख्न सक्नुहुनेछ ।’

उहाँले प्रर्दशनीमा रहेका ३८ वटामध्ये ४ वटा चित्रकला विक्री भएको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रर्दशनीमा स्वर्गीय ग्याकंर बज्रचार्यको एकदमै पुरानो आर्ट रहेको छ । साथै ७० वर्षमाथिका सूर्यबहादुर चित्रकार, अजय कर्माचार्य, बलराम निष्ठू, चन्द्रकृष्ण किजू, हरिप्रसाद वैद्य, किरण जोशीलगायत कलाकारले बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी आगामी मङ्सिर ६ गतेसम्म जारी रहनेछ । प्रदर्शनीमा निशुल्क सहभागी भएर अवलोकन गर्न सकिनेछ ।