६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरालो लागेको सुनको भाउ कतिसम्म घट्ला ?



अ+ अ-

काठमाडौँ ।  हालसम्मकै उच्च बनेर  रेकर्ड तोड्दै गइरहेको सुनको भाउ फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । गत आईतवार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमवार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो । आज (मंगलवार) फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलवार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको भाउ अझै घट्ने व्यवसायीहरुको आकलन रहेको छ । महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्रचार्यले सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर ओरालो लाग्नेक्रममा रहेको बताउनु भयो ।

उहाँकाअनुसार प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ, यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ घट्ने क्रम शुरु भएको हो । महासंघका उपाध्यक्ष बज्रचार्यले भन्नुभयो– ‘सुनको भाउ धेरै नै बढिसकेको थियो, दुई लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो ।  कुनै न कुनै दिन झर्न त पर्ने नै हो । अब माथि गएर झर्छ कि अब यहिँबाट झर्छ भन्ने कुरा थियो । तर यो बीचमा तिहार थियो । तिहारमा खासगरी नेपालसँगै भारतमा धेरै सुनको खपत हुन्छ । धेरै खपत हुने हुँदा भाउ बढ्न अलिकति मद्दत गरिरहेको थियो । चाडपर्व सकिएसँग भारतमा पनि अलिकति माग घटेको छ । र यहिँ दौरानमा जुन अस्तिको दिनहरूमा अमेरिकाले चाइनालाई जुन ट्यारिफहरू बढाइसकेपछि चाइनाबाट जुन रियर अर्थ चाइनाले अमेरिकामा सप्लाई गर्दिन भनेर नगरेको अवस्था देखियो । त्यसले गर्दा अमेरिकामा भएका इलेक्ट्रोनिक्स कम्पनीहरूमा असर पुग्यो  र त्यो कारणले गर्दा पछिल्लो पटक अमेरिकामा अलिकति अन्योलको वातावरण भइसकेपछि पनि सुनको भाउहरू माथि जान चाहीँ नि मद्दत गरिरह्यो ।’

‘नेपालमा तिहार चलिरहेका बेला अमेरिकाले अस्ट्रेलियासँग रियर अर्थको विषयमा एउटा सम्झौता गरेको छ ।  अस्ट्रेलियाले हामी दिन्छौँ अमेरिकालाई रियर अर्थ भनेर भनिसकेपछि सम्झौता भयो । एउटा कारण त्यो पनि हो । अर्को एउटा कारण अब यो दुई–तीन दिन अगाडि मात्रै अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहीँ एशियन कन्ट्रीहरूको भ्रमण गरेको अवस्था देखियो । र चिनियाँ राष्ट्रपतिकोसंग पनि कुरा भएको भन्ने सुनियो र त्यसमा सम्झौता भएको पनि छ, यो बिजनेसको विषयमा र त्यसले गर्दा अब चाहीँ केही मन्थर हुन्छ र अमेरिकाको जुन ट्रेड वार जुन थियो, त्यो अलिकति हल्का हुन्छ भन्ने हिसाबले नै यो अहिलेसुनमा लगानी गर्नेहरू अरू सेक्टरमा डाइवर्ट भएको देखियो । अहिले यो दुई–चार दिनदेखि हामी देख्दैछौँ अमेरिकाको जुन डाउ जोन्स लगायतका शेयर मार्केटहरू अलिकति बढेको देखिएको छ । यसको मतलब अलिकति मान्छे सुनबाट अरू सेक्टरमा डाइवर्ट भएको देखियो । त्यो कारणले गर्दा खेरि पनि अहिले सुनको माग अलि कम भएको छ र सुन अलिकति घटेको हो ।’

बज्रचार्यकाअनुसार अहिले सुनको भाउ घटेपनि खासै कारोबार भएको छैन ।  अन्तर्राष्ट्रिय क्षेत्रमा टे«डवार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ । पछिल्ला परिस्थितिहरु आँकलन गर्दा अहिले तत्कालै  सुन प्रतिऔंस दुई–चार सय डलर घट्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।