६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ओलीलाई उपत्यका बाहिर जान नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

ओलीलाई उपत्यका बाहिर जान नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
अध्यक्ष केपी शर्मा ओली । फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी तोकिएको स्थानहदविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता प्रक्रिया अघि बढेको छ ।

अधिवक्ता प्रेमराम सिलवालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गर्दै ओलीमाथि तोकिएको स्थानहद गैरकानुनी भएको दाबी गरेका छन् ।

सर्वोच्चका एक कर्मचारीका अनुसार रिट निवेदन दर्ता प्रक्रियामा रहेको छ । रिट निवेदन पेश भएको तथा अहिले अध्ययन भइरहेको र अध्ययनपछि दर्ता गर्ने वा नगर्ने निर्णय हुने जनाइएको छ ।

सिलवालले दायर गरेको रिट ओलीको तर्फबाट नभई ‘सार्वजनिक चासोको विषय’का रूपमा प्रस्तुत गरिएको बताइएको छ ।

सामान्यतया कुनै व्यक्तिलाई थुनामा राख्ने वा स्थानहद तोक्ने सरकारी कदमविरुद्ध सम्बन्धित व्यक्ति स्वयंले कानुनी उपचार खोज्ने अभ्यास रहँदै आएको छ ।

सरकारले २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गरी दोषीमाथि कारबाही सिफारिस गर्न गठन गरिएको जाँचबुझ आयोगको सुझावका आधारमा ओलीलाई अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णय गरेको हो ।

आयोगको सिफारिसअनुसार उनको पासपोर्ट समेत रोक्का गरिएको छ ।