१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षति विवरणसहित प्रहरीमा जाहेरी दिने सर्वोच्चको तयारी



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले भदौ २४ गते भएको आगलागीका कारण अदालतमा पुगेको क्षतिको विवरणसहित प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार केही दिनभित्र प्रहरीमा औपचारिक जाहेरी दर्ता गरिनेछ । आइतबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

कोइरालाका अनुसार किटान गरेर नभई सर्वोच्चमा भएको सम्पूर्ण क्षतिको विवरणसहित प्रहरीमा जाहेरी दिने तयारी गरिएको हो । प्रतिवादी पहिचान भएपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाउने उनको भनाई छ ।

भदौ २४ गते जेनजी आन्दोलनपछि सर्वोच्च अदालतमा भएको आगलागीबाट दुई लाख १७ हजार ३४ वटा मुद्दाका मिसिल नष्ट भएका थिए । तीमध्ये चालु अवस्थामा रहेका २४ हजार २ सय ३४ वटा मिसिलमध्ये २० हजार ३४ वटा पूर्ण रूपमा जलेका थिए भने ४ हजार २ सय मिसिल जोगिएका थिए । जोगिएका मिसिलमध्ये २ हजार ५ सय ९ वटा रिटका र १ हजार ६ सय ९१ वटा सामान्य मुद्दाका थिए ।

त्यसैगरी अदालतको अभिलेखमा रहेका १ लाख ९७ हजार मिसिल पनि आगलागीमा नष्ट भएका छन् । सर्वोच्च अदालतका ४३ वटा चार पांग्रे गाडी जलेर ध्वस्त भएका छन् ।

यस्तै, अदालत भवनभित्र रहेका १ हजार ४ सय ९२ वटा कम्प्युटर, ६ सय ३५ ल्यापटप र ४ सय ४५ वटा सिसी क्यामरा समेत आगलागीमा परी ध्वस्त भएको अदालतले जनाएको छ ।