१९ मंसिर २०८२, शुक्रबार
,
Latest
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेत्रविक्रम चन्दको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन, ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रश्ताव



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्दको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

मंगलवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा आयोगको कार्यालय पुगेका नेताहरुले आयोगमा दल दर्ताको लागि निवेदन दिनुभएको हो ।

नेताहरुले पार्टीहरुको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न प्रश्ताव गर्नुभएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निवेदन बुझाउँदै प्रवक्ता विश्वकर्माले संसदीय राजनीतिमा सहभागी हुन दल दर्ता प्रक्रिया अगाडि बढाएको बताउनु भयो । उहाँले नेपालको उन्नति र प्रगतिका साथै मुलुकमा रहेका सम्भावनाहरुलाई यथार्थमा बदल्न नेकपाले निर्वाचनमा सहभागि हुने कुराले विषेश स्थान राख्ने दाबी पनि गर्नुभयो । उहाँले अहिले अवस्थामा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको भन्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आफ्नो निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आज निर्वाचन आयोगमा जसरी पार्टी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छौं यसले मुलुकमा विद्यमान समस्या समाधानको निम्ति र नेपाली जनताको चाहाना तथा मुलुकका अगाडि रहेका सम्भावनाहरुलाई यथार्थमा बदल्नका निम्ति नेपाल कम्युनिष्ट पार्टीले लिएको यो स्टेप र निर्वाचन प्रक्रियामा सहभागि हुने कुराले विशेष स्थान राख्नेछ । र ऐतिहासिक हुनेछ । अहिलेको अवस्थामा निर्वाचन आयोग आफैंले पनि अहिलेको अवस्थामा निर्वाचन सम्पन्न गर्ने कुरा चुनौतीपूर्ण ठानेको छ । यसकारण तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि पार्टीको तर्फबाट पुर्ण रुपमा सहयोग हुनेछ । पार्टीले कुनैपनि कसर नरहनेगरी निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा मद्दत हुनेछ भन्ने विश्वास पनि दिलाउन चाहान्छौं ।’

जनताको मुक्ति र मुलुकको समृद्धिको लागि नेकपा लामो समयदेखि क्रियाशील रहेको स्मरण गर्दै उहाँले नेपालको संसदीय राजनीतिमार्फ मुलुकको विकासका लागि पार्टी सधैं क्रियाशील रहिरहने समेत बताउनु भयो ।