१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज निर्वाचन आयोगमा दल दर्ताका लागि जाने भएको छ ।

पार्टीका एक स्थायी समिति सदस्यका अनुसार महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा आज दिउँसो पौने १ बजे आयोगमा पुगेर दल दर्ता प्रक्रिया सुरु गर्ने तयारी गरिएको हो ।

यसअघि नै पार्टीले स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय दल दर्ता तयारी समिति गठन गरेको थियो ।

समितिमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल सदस्य रहेका छन् ।

नेकपा नाममा यसअघि नै अन्य दल दर्ता भइसकेकाले ‘विप्लव’ समूहले नयाँ नामसहित दल दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

सो पार्टीले औपचारिक राजनीतिक गतिविधि सुदृढ बनाउन र आगामी निर्वाचनमा सहभागिता जनाउनका लागि दल दर्ता प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।