४ भाद्र २०८३, बिहीबार
,
Latest
इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने



अ+ अ-

मस्को। उत्तर कोरियाका उच्च कूटनीतिज्ञसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार क्रेमलिनमा भेटवार्ता गर्ने भएका छन् ।

रुसका विदेशमन्त्री चो सोन हुईले रुसको राजधानी भ्रमणका क्रममा रुसी समकक्षी सर्गेइ लाभरोभसँग सोमबार नै भेट भएको र भेटमा प्योङयाङ र मस्कोबीचको आध्यात्मिक निकटताको प्रशंसा गरेकी थिइन् ।

पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले गत वर्ष आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए भने प्योङयाङले पश्चिमी कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँग लड्न मस्कोको सेनालाई मद्दत गर्न हजारौं सेना पठाएको थियो। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी नेता पुटिनले चोईलाई स्वागत गरी समसामयिक बिषयमा छलफल गर्ने बताएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले मस्कोसँग सैन्य सम्बन्ध अघि बढाउने प्रतिबद्धता जनाएको केही दिनपछि भएको यो भ्रमण दुई देशबीचको कूटनीतिक आदानप्रदानको लागि महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा उत्तर कोरियाले गरेको छ ।  (रासस/एएफपी)