१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाराजगन्जमा प्रहरीको हत्या गरेको आरोपमा थप पाँच जना पक्राउ



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा थप पाँच व्यक्ति पक्राउ परेका छन् ।

वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर रहेका छन् । उनीहरुलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

यसअघि प्रहरी हत्याको आरोपमा संलग्न चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

काठमाडौँ जिल्ला अदालतको आदेशपछि युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक कारागार चलान भएका थिए ।

महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न रहेर पछि पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिनेएसपी पवन भट्टराईले जनाएका छन् ।