१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ मन्त्रीहरूको शपथ साढे २ बजे, गणपति लालको मन्त्रालय हेरफेर



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गर्न लाग्नुभएको छ ।

साढे २ बजे शीतल निवासमा शपथग्रहण कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नियुक्त हुने मन्त्रीहरूमा डा. सुधा शर्मा (स्वास्थ्य तथा जनसङ्ख्या), गणपतिलाल श्रेष्ठ (भूमि व्यवस्था तथा सहकारी), खगेन्द्र सुनुवार (श्रम तथा रोजगार) र बब्लु गुप्ता (युवा तथा खेलकुद) छन् ।

सुरुवाती तयारीमा गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने योजना भए पनि अन्ततः मन्त्रालय परिवर्तन गरिएको सचिवालय स्रोतले जनाएको छ ।

पर्यटन मन्त्रालय भने अहिलेसम्म खाली छ ।