२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर ब्युरो उपस्थित हुँदै अधिवक्ता स्वागत नेपाल



अ+ अ-

काठमाडौं । अधिवक्ता स्वागत नेपाल दिउसो नेपाल प्रहरीको साइबर ब्यूरोमा जान लाग्नु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा साइबर ब्यूरोले अधिवक्ता नेपाललाई सोधपुछ गर्न बोलाएको छ । सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुनु नहुने भन्दै अधिवक्ता नेपालले आलोचना गर्नुभएको थियो ।

आफु साइबर ब्यूरोमा जान लागेको जानकारी दिदै नेपालले सामाजिक संञ्जालमा लेख्नु भएको छ –साइबर ब्युरोबाट फेरि उपस्थित हुन फोन आएको छ । म सर्वोच्च अदालतबाट सीधै २ बजे उपस्थित हुन्छु भनेको छु । डाक्टरकै उपचार गर्नु पर्ने भयो भने अर्को डाक्टर चाहिन्छ । म आफैँ कानुन कानुनकर्मी भए पनि मेरो कानुनी उपचारका लागि धेरै वरिष्ठ अधिवक्ता ज्युहरु, अधिवक्ता ज्युहरु, मानवअधिकारकर्मीहरु प्रतिरक्षाका लागि मसँगै उपस्थित हुँदै हुनुहुन्छ । धेरैतिरबाट के भइरहेको छ भन्ने फोन धेरै आएकोले सबैजनालाई व्यक्तिगत रुपमा जवाफ दिन असमर्थ भएकोले सबै साथीहरुमा जानकारीका लागि …

केही दिन अघि यो संविधानले कार्कीलाई प्रधानमन्त्री बन्न दिँदैन, आफैले प्रधानमन्त्री बन्न हुँदैन भनेको विषयमा आफैं प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना गरेका थिए ।

अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका अगुवासमेत हुन् । गत चैत १५ गते पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।