६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता नामावली दर्ता गर्न/गराउन महामन्त्रीद्वयको परिपत्र



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गर्दै यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा व्यापक सक्रियता बढाउन अपिल गर्नुभएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनबारे विशेष ध्यानाकर्षण उहाँले छठपर्वलगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित गर्न÷गराउन अपिल गर्नुभएको हो ।

उहाँहरूले संयुक्तरूपमा विशेष परिपत्र जारी गरी जिल्ला कार्यसमिति र मातहतका सबै तहलाई तत्काल अन्य कार्य थाँती राखेर ‘मतदाता दर्ता अभियान’मा लाग्न निर्देशन गर्दै प्रदेश संसदीय दलमा रहनुभएका सबै साथीलाई आ–आफ्नो क्षेत्रमा बसेर ‘मतदाता दर्ता अभियान’ व्यापक बनाउन निर्देशन र परिचालन गर्न अपिल गर्नुभएको हो ।

जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थल पुगेर कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने उल्लेख गर्दै उहाँहरूले दर्ता गर्न नेपाली नागरिकताको प्रमाणपत्र लग्नुपर्ने तथा नागरिकता नबनाएका युवाहरूको हकमा नागरिकता बनाएर सोही दिन नै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यहोरा सबैलाई स्पष्ट बुझाउन पनि अनुरोध गर्नुभएको छ ।