९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टुडियोमा आत्मदाह प्रयासः रहिनन् गायिका नितु



अ+ अ-

काठमाडौँ । गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीले जानकारी दिएअनुसार कीर्तिपुर बर्न अस्पतालमा आज बिहान ८ः२० बजे उनको निधन भएको हो ।

गत शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन् । सो घटनापछि गम्भीर रुपमा घाइते भएकी उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पौडेलले १२ दिनअघि आफ्नो फेसबुक पेजमा एक निराशाजनक स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, “हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?”

पौडेलका निधनप्रति संगीत क्षेत्रका सहकर्मी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।