६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोनाको कहर : स्वास्थ्य मन्त्रालयमा राजनीति, विशेषज्ञ डाक्टरलाई मन्त्रालय तानेर कामविहीन बनाइयो

कोरोनाको कहर : स्वास्थ्य मन्त्रालयमा राजनीति, विशेषज्ञ डाक्टरलाई मन्त्रालय तानेर कामविहीन बनाइयो
अ+ अ-

काठमाडौं । कोरोना संक्रमितको उपचारमा जनशक्ति अभाव भएको भन्दै सरकारले डाक्टर, नर्ससहित दुई सय ५६ स्वास्थ्यकर्मी करारमा भर्ना गर्न विज्ञापन गरेको छ । तर, अपेक्षाअनुसार आवेदन नपरेको भन्दै चिन्ता जनाइरहेको छ । दुर्भाग्य, हाजिर मात्रै गरेर तलब खाइरहेका विशेषज्ञ चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मीलाई काममा खटाउनेतर्फ भने सरकारले कुनै चासो देखाएको छैन ।

समायोजन नमिलेर जगेडामा राखिएका यी स्वास्थ्यकर्मी देशमा विपत् आइलाग्दा पनि कामविहीन छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय केहीलाई विभिन्न हेल्प डेस्कमा परिचालन गरिए पनि अधिकांश फुर्सदिला छन् ।

स्वास्थ्य मन्त्रालयमै विशेषज्ञ चिकित्सकसहित २२ स्वास्थ्यकर्मी फाजिलमा छन् । विशेषज्ञतर्फ एघारौँ तहका महमद दाउद र राधिका थपलिया तथा दशौँ तहका डा. पवनकुमार शाह र डा. श्रवणकुमार मिश्र हाजिर मात्रै गर्छन् । त्यस्तै, नवौँ तहका डा। प्रज्ज्वल श्रेष्ठ, डा. नीलम ठाकुर, डा. रवीन्द्र रेग्मी, डा. सुमित अग्रवाल र डा. सन्ध्या जोशीले मन्त्रालयमा हाजिर गर्ने र वीर अस्पतालमा काम गरिरहेका छन् ।

जब कि मन्त्रालयले १० चैतमा गरेको विज्ञापनमा नवौँ तहका जनरल फिजिसियन सातजना मागेको छ । त्यस्तै, नवौँ तहका एनेस्थेसियोलोजिस्ट सातजना, आठौँ तहका मेडिकल अधिकृत २० जना, पाँचौँ तहका स्टाफ नर्स सयजना गरी एक सय ३४ स्वास्थ्यकर्मी मागेको छ । आवेदनको म्याद सात दिन राखेकोमा पाँच दिनसम्म चिकित्सकको आवेदन परेको छैन । मन्त्रालय स्रोतका अनुसार नर्सका लागि ५० जति आवेदन मात्रै परेको छ ।

मन्त्रालयका कर्मचारी प्रशासन शाखाका सहसचिव रघुराम विष्टले फाजिलका केही स्वास्थ्यकर्मी सम्पर्कमै नरहेको बताए । उनीहरू प्रदेश र स्थानीय तहमातहत रहेको उनको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले फाजिलका तीन सयभन्दा बढी स्वास्थ्यकर्मी सम्पर्कबाहिर रहेको बताए । करिब दुई सयलाई भने देशभरका हेल्प डेस्कमा परिचालन गरिएको उनको भनाइ छ । उनका अनुसार सम्पर्कबाहिर रहेकाहरू चौथो, पाँचौँ, छैटौँ र सातौँ तहका छन् । जब कि विभागले पनि यी तहका समेत ७८ स्वास्थ्यकर्मी माग गर्दै ११ चैतमा विज्ञापन आह्वान गरेको छ । नवौँ तह एनेस्थेसियोलोजिस्ट चारजना, नवौँ तह चिकित्सक (एमडी क्रिटिकल केयररएमडी इन्टरनल मेडिसिन) चारजना, आठौँ तह मेडिकल अधिकृत १६ जना, सातौँ तह नर्सिङ अधिकृत चारजना र पाँचौँ तह स्टाफ नर्स ५० जना मागेको छ । विभागले सात दिनको म्याद दिएकोमा हालसम्म नगन्य आवेदन परेको छ । ‘अपेक्षाअनुसार दरर्खास्त आएको छैन,’ महानिर्देशक श्रेष्ठले भने, ‘यो वेला दर्खास्त दिनुपर्ने थियो, तर दिएनन् ।’

देशको एक मात्रै सरुवारोग अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि तीन महिनाका लागि भन्दै करारमा ४४ स्वास्थ्यकर्मी मागेकोमा अपेक्षाअनुसार आवेदन परेको छैन । पाँच दिन समय दिएर ९ चैतमा विज्ञापन खोलिएको टेकुमा सोचेअनुसार आवेदन नपरेपछि चिन्तित बनाएको स्रोतले बतायो ।

टेकुले नवौँ तह कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट ६ जना, आठौँ तह मेडिकल अधिकृत आठजना, सातौँ तह नर्सिङ अधिकृत चारजना र पाँचौँ तह स्टाफ नर्स २६ जना मागेको थियो ।

अपेक्षाअनुसार आवेदन नपरेपछि अब स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा पढेका चिकित्सक र नर्सहरू खटाउने विकल्प सोचेको छ । विभागका महानिर्देशक श्रेष्ठले देशभर चिकित्सक र नर्सको अवस्था हेरेर काठमाडौं तानिने पनि बताए । तर, संक्रमण फैलिँदा काठमाडौंबाहिर झन् भयावह हुन सक्ने भएकाले सरकारको यो नीति प्रभावकारी देखिँदैन ।

सेवासुविधा प्रशासनलाई, काम स्वास्थ्यकर्मीलाई

स्वास्थ्य मन्त्रालयमा एक सय पाँच कर्मचारीको दरबन्दी छ । त्यसमा ५० जना स्वास्थ्य सेवाका छन् भने बाँकी प्रशासन समूहका छन् । तर, कोरोना महामारीको समयमा मन्त्रालयका सीमित मात्रै कर्मचारी छन् ।

अधिकांश शाखा बन्द रहेका छन् । मन्त्रालयमा सेवासुविधा प्रशासन समूहका कर्मचारीले लिएका छन् । उपसचिवदेखि माथिका कर्मचारीले सबै सेवा लिएका छन् । तर, स्वास्थ्य सेवा समूहका सहसचिवहरूले भने पाउनुपर्ने सेवासुविधा पाएका छैनन् । यो महामारीको समयमा सुविधाविहीन कर्मचारी नै काममा खटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ जनस्वास्थ्य अधिकारीले भने, ‘सेवासुविधा लिएका प्रशासनका कर्मचारी घरमा बसेका छन्, तर हामी हिँडेर काममा आउनुपरेको छ ।’ स्वास्थ्यमा ६ जना प्रशासनका सहसचिव रहेकोमा सबै अनुपस्थित छन् ।

स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फका सचिव यादव कोइराला, प्रशासन प्रमुख सहसचिव रघुराम विष्ट, लेखा प्रमुख मुक्तिराम न्यौपाने, कानुन उपसचिव पुष्करराज नेपाल, शाखा अधिकृत प्रेम खुवा, नासु प्रेम विक र सचिवका पिए राजमणि निरौला मात्रै काममा छन् ।

त्यस्तै, स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा, डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटा, सागर दाहाल, जनस्वास्थ्य अधिकृत यशोदा अर्याल, डा. गुणनिधि शर्मा, रविकान्त मिश्र र पानबहानुर श्रेत्री काममा छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।