१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्रको सफलतामा गीतसङ्गीतको उल्लेख्य भूमिका



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र सफल हुनुमा गीतसङ्गीत क्षेत्रको महत्वपूर्ण योगदान रहेको पाइन्छ । चलचित्र भवनसम्म दर्शकलाई आकर्षित गर्ने विभिन्न पक्षमध्ये गीतसङ्गीतको दमदार प्रस्तुतिलाई लिइने गरिन्छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ ‘टिकटक’मा समेत गीतसङ्गीत लोकप्रिय भएपछि चलचित्र हेर्न जानेक्रम बढेको देखिन्छ ।

चलचित्र सफलताको श्रेय पटकथालाई दिनेगरे पनि प्रचारप्रसार र दर्शक आकर्षित गर्ने तत्वका रुपमा गीतसङगीत क्षेत्रलाई जान्छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका चलचित्र सफल हुनुमा गीतसङ्गीतको महत्वपूर्ण भूमिका थियो । किनकि ती चलचित्रमा गीतसङ्गीत झैँ कथावस्तुले चर्चा पाउनै सकेन ।

प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि गीतसङगीतमा उलेख्य लगानी गरेको पाइँदैन । सङगीतकार अर्जुन पोखरेलका अनुसार गीतसङ्गीतलाई अडियो झैँ श्रव्यदृश्य पनि आकर्षक बनाउन आवश्यक छ ।

“चलचित्रमा प्रयोग गरिने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतिसङग्रहमा भने त्यो लागु हुँदैन, तर चलचित्रमा गीतसङ्गीतको चर्चापरिचर्चा प्रभावकारी रुपमा प्रवाह हुनेगर्दछ । त्यसले चलचित्रमा मात्र नभई गीतसङ्गीतमा पनि लगानी बढ्नु आवश्यक छ”, सङ्गीतकार पोखरेलले भन्नुभयो ।

‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’ जस्ता चलचित्र सफल हुनुको कारण गीतसङ्गीत मानिएको छ । चलचित्र ‘नोभेम्बर रेन’ मा समावेश गीत ‘तिमीलाई के भनू’ मा स्वर दिएपछि पाश्र्वगायनमा लोकप्रिय हुनुभएका गायक युवराज चौलागाईंले चलचित्रका गीतले पहिचान स्थापित गरिदिएको स्वीकार्नुभयो ।

“मैले पाश्र्वगायन अगाडि गीतिसङ्ग्रहमा गीत गाएँ, ती लोकप्रिय पनि भएँ । तर, चलचित्रका लागि गीत गाउन थालेपछि मेरो लोकप्रियता बढेको हो । चलचित्रमा स्थापित कलाकार र प्राविधिक हुने भएकाले पनि यसको लोकप्रियता एकल गीतिसङ्ग्रहको तुलनामा बढी पाएको छु”, उहाँले भन्नुभयो ।

पाश्र्वगायनसँगै आधुनिक गीतसङ्गीतमा व्यस्त गायक चौलागाईंले चलचित्रका लागि आफैँले पनि गीत तयार गर्दै आउनुभएको छ । चलचित्र निर्देशक पुर्नेन्दु झाका अनुसार चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुन्छ ।

“चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य सामाग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भन्नुभयो ।

उहाँले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को प्रचारको सुरुआत गीतमार्फत नै गर्नुभएको थियो । केही थोरै चलचित्र छन्, जसमा गीतसङ्गीतको आवश्यकता देखिएको छैन । तर, अधिकांश नेपाली चलचित्रमा गीतसङ्गीतको भूमिका महत्वपूर्ण हुने गरेको छ ।

यद्यपि, पछिल्लो समय पर्याप्त समय नहुँदा गीतसङ्गीतमा राम्रोसँग काम गर्न नपाएको गुनासो सङ्गीतकर्मीले गर्ने गरेका छन् ।