२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आखिर सानो साबधानीले कोरोना भाग्छ सुन



अ+ अ-

– विदुरचन्द्र लामिछाने

स्वाप्रश्वासंग सम्वन्धित रैछ यो कोरोना रोग
हजारौकौ ज्यान लिई सबलाई पारयो सोक
शक्तिशाली देशै पनि आच्छु आच्छु भा छन्
एकै दिनमा सयौ मर्दा अत्तालिई राछन

यसलाई रोकथाम गर्न बिश्वै लक डाउन भाछ
जनता र अर्थतन्त्र डावाँडोल भा छ
ठूलो सानो भेदभाव कसैले राख्न हुन्न
आखिर महाशक्ति पनि भएका छन खिन्न

बैज्ञानिक भन्नेहरू चकित परेका छन
अहोरात्र खटिदानी बिफल भै राछन
खोप कहिले आउला भनि बिश्व पर्खिराछ
कोरोनाको नियन्त्रणामा बिश्व एकजुट भाछ ।

सावधानी सबैभन्दा ठूलो अचुक रैछ
भिडभाडबाट जोगिनुनै ठूलो मुलो रैछ
नियमित हात धुंदा कोरोना हुन्छ दोलो
सामाजिक दुरी कायम गरे सब्लाई हुन्छ भलो

महामरी नियन्त्रणमा सबले कम्मर कसौ
जतिसुकै दु:ख भएपनि घरभित्रै बसौ
सबैलाई बिन्ती छ है संयमित हुन
आखिर सानो साबधानीले कोरोना भाग्छ सुन ।