६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा तीन युवाको मृत्यु



symbolic picture
अ+ अ-

रुपन्देही। रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा बुधबार दुर्गा मूर्ति विसर्जनका क्रममा तीन जनाको डुबेर मृत्यु भएको छ।

मृतकहरू मायादेवी गाउँपालिका–१ का अजय हरिजन (१३), दीपु हरिजन (१५) र रोहित हरिजन (२८) रहेका छन्।

प्रहरीका अनुसार दिउँसो करिब ३ बजे दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा विसर्जन गर्ने क्रममा उनीहरू बेपत्ता भएका थिए

। खोजीपछि करिब २०० मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय क्षेत्र शोकमग्न बनेको छ।