५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा तीन युवाको मृत्यु



symbolic picture
अ+ अ-

रुपन्देही। रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा बुधबार दुर्गा मूर्ति विसर्जनका क्रममा तीन जनाको डुबेर मृत्यु भएको छ।

मृतकहरू मायादेवी गाउँपालिका–१ का अजय हरिजन (१३), दीपु हरिजन (१५) र रोहित हरिजन (२८) रहेका छन्।

प्रहरीका अनुसार दिउँसो करिब ३ बजे दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा विसर्जन गर्ने क्रममा उनीहरू बेपत्ता भएका थिए

। खोजीपछि करिब २०० मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय क्षेत्र शोकमग्न बनेको छ।