५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी आन्दाेलनमा ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस् सजाय भोग्न तयार छु’



अ+ अ-

काठमाडौँ। अभिनेता निश्चल बस्नेतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा कहीँकतै ढुङ्गा हानेको,आगजनी गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार एक स्टाटस लेख्दै आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गरेका हुन्।

बस्नेतले लेखेका छन्, ‘मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस, मलाई जे सजाय दिएपनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएँ, स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु।’

उनले आन्दोलनमा गएको र भ्रष्टाचारविरुद्ध आवाज उठाएको कुरा स्वीकार गर्दै भनेका छन्, ‘म आन्दोलनमा गएको हो। भ्रष्टाचारको विरोध गरेको हो। मसँग फोटो र भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन्।’

बस्नेतले केही व्यक्तिहरूले भिडियोमा आफ्ना अनुकूल क्याप्शन राखेर गलत सन्देश फैलाउने प्रयास गरेको आरोप लगाएका छन्।