३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

दिल्ली नै बिर्साउनेगरी पड्किए काठमाडौँमा पटाका, यसकारण मुकदर्शक बन्यो प्रहरी

दिल्ली नै बिर्साउनेगरी पड्किए काठमाडौँमा पटाका, यसकारण मुकदर्शक बन्यो प्रहरी
अ+ अ-

काठमाडौँ: काठमाडौँमा यसपालि निकै पड्किए पटाका । भनिन्छ, भारतको राजधानी नयाँ दिल्लीमा दिपावलीमा सबैभन्दा बढी पटाका पड्किन्छन् रे । दिपावलीमा पड्काइने पटाका नियन्त्रणका लागि दिल्ली प्रहरीले प्रहरीको विशेष दस्ता नै खटाउने गर्दछ ।

यसपालि काठमाडौँमा पड्किएका पटाकाले यस्तै दिल्लीकै झझल्को दिएको छ । पहिलेका बर्षहरुमा प्रहरीले निकै निगरानी गर्ने गर्दथ्यो पटाका भित्रिन नदिन । अनि ठूलो आवाजका साथ कतै पटाका पड्किएमा पनि निगरानी गर्ने गर्दथ्यो । कतै त त्यस्तालाई पक्राउ गरेको खबरहरु पनि आउने गर्दथे ।

तर यसपटक भने त्यस्ता कुनै समाचार आएनन् । नत काठमाडौँ भित्र्याइँदै गरेका यति उती पटाका बरामद भनेर समाचार आए । प्रहरीले त्यस्तै कुनै समाचार रिलिज गरेको पनि पाइएन ।

सायद यसैले होला यसपटक पाटाका ल्याउनेहरुका लागि सहज भएको पाइयो । त्यसैले काठमाडौँमा पहिलेका तुलनामा धेरै पड्किए पटाका ।

गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा प्रहरी पहिलो तारो बनेको थियो । कतै प्रहरीले नांगै बनाएर कुटिएका तथा प्रहरी चौकीमै जलाइएका समाचार पनि आएका थिए । कुटपिट गरेर प्रहरीको हत्या गरेका दृश्य त देखिएकै थिए । कतै प्रहरी चौकी लुटेर प्रहरीका ड्रेस लगाएर हिँडेका दृश्य थिए भने हतियारै लुटेका समाचार पनि आएकै थिए ।

यसरी मनोबल गिराइएको थियो प्रहरीको । सायद माओवादीको दश बर्षे सशस्त्र द्वन्द्वका समयमा भन्दा पनि बढी यसपालि प्रहरीको मनोबल गिरेको छ । यतिखेर पनि सडकमा ट्राफिक प्रहरीको हालत त्यस्तै देखिन्छ । न ट्राफिक लाइट नत प्रहरीले लगाउने पोशाक । निकै निरीह अवस्थामा देखिन्छन् प्रहरी ।

प्रहरीका चौकी जलेका छन् । अधिकांश चौकीमा आगो लागेको छ, रंगरोगन बिनैको कालो चाकीमा जेनतेन रात काटिरहेका छन् । चाडबाडका मुखमा प्रहरीका आफ्नै सरसामग्री समेत जलेका छन् ।

अनि कुन मनोबलले काम गरोस् प्रहरी ? सायद यही भएर होला यसपालिको तिहारमा प्रहरीले पटाका नियन्त्रणमा खासै चासो दिन नसकेको या नगरेको हुनसक्छ ।

यसपालिको तिहारमा काठमाडौँमा पहिलेका बर्षहरुभन्दा निकै बढी मात्रामा पटाका पड्किएका छन् । तिहारको सुरुआतदेखि नै यो क्रम सुरु भएको छ । धेरैले प्रहरीको यही बाध्यताका कारण पटाकामा ध्यान दिन नसकेको हुनसक्ने अनुमान गरेका छन् ।