९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपिका पादुकोण–रणवीर सिंहले दिए छोरीको पहिलो झलक



अ+ अ-

एजेन्सी । दिवालीको विशेष अवसरमा दीपिका पादुकोण र रणवीर सिंहले आफ्नी छोरी दुआ पादुकोणको मुहार सार्वजनिक गरेका छन् ।

दुवैले छोरी दुआलाई काखमा बोकेका केही तस्वीरहरू आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत पोस्ट गर्दै लेखेका छन् — “दीपावलीको हार्दिक शुभकामना।”

छोरीको मुहार देखेपछि सेलेब्रिटीहरूबाट शुभकामना र तारिफ

दीपिका र रणवीरले दुआका तस्वीरहरू शेयर गरेपछि बलिउडका कलाकारहरूले लगातार कमेन्ट गर्दै दुवैलाई बधाई दिएका छन् । अभिनेता राजकुमार रावले दुआको क्यूटनेसको तारिफ गरेका छन् भने प्रियंका चोपडाले पनि दुआका लागि आशीर्वाद पठाएकी छन् ।

यसअघि पनि आएको थियो दुआको भिडियो

दुवैले छोरीको अनुहार आधिकारिक रूपमा सार्वजनिक गर्नुभन्दा अघि, गत अगस्ट महिनामा पनि दुआको एक भिडियो भाइरल भएको थियो । त्यो भिडियो एयरपोर्टमा खिचिएको थियो, जहाँ एक फ्यानले दीपिकाको काखमा रहेकी दुआको भिडियो लुकेर रेकर्ड गरेका थिए ।

सो बेला दीपिका निकै रिसाएकी थिइन् र उक्त फ्यानलाई भिडियो नखिच्न चेतावनी दिएकी थिइन् । यद्यपि भिडियो भाइरल भएपछि एक्ट्रेसको टिमले धेरै प्रयास गरेर त्यो भिडियो हटाएको थियो ।

दुआको रूपको तुलना दीपिका र रणवीरसँग

दुआका तस्वीरहरू सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनको रूपको तुलना दीपिका र रणवीर दुवैसँग गर्न थालिएको छ । धेरैले भनेका छन् कि दुआमा रणवीर सिंहको झल्को बढी देखिन्छ ।

२०१२ मा प्रेम, २०१८ मा विवाह र २०२४ मा बने अभिभावक

दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकथा सन् २०१२ मा फिल्म “गोलियों की रासलीलाः रामलीला” का सेटमा सुरु भएको थियो । साथमा समय बिताउँदै जाँदा उनीहरूबीच नजिकपन बढ्दै गयो ।

करिब तीन वर्ष डेट गरेपछि २०१५ मा रणवीरले दीपिकालाई विवाह प्रस्ताव राखेका थिए । उनीहरूले गोप्य रूपमा सगाई गरे र सन् २०१८ मा इटालीको विला डेल बाल्बियानोमा डेस्टिनेशन विहे गरे । त्यसपछि ८ सेप्टेम्बर २०२४ मा दीपिकाले छोरी दुआलाई जन्म दिएकी थिइन् ।

गूगलमा ट्रेन्ड हुँदै दुआ पादुकोण सिंह

तस्बिरहरू सार्वजनिक भएपछि दुआ पादुकोण सिंहको नाम गुगलमा लगातार ट्रेन्ड भइरहेको छ । मानिसहरू उनको बारेमा थप जानकारी खोज्न उत्सुक देखिएका छन् ।