२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः अध्यक्ष दाहाल



अ+ अ-

महेन्द्रनगर । नेकपा (माओवादी केन्द्र)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभयो । सरकारले मङ्गलबबार राजनीतिक दलहरूसँग गरेको वार्ताले सरकार विस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिए पनि अझै निर्वाचनको वातावरण बनि नसकेको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्ने बताउनुभयो । वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै अध्यक्ष दाहालले समाजवादी मोर्चामा रहेका पार्टीहरू एकता प्रक्रियातर्फ अगाडि बढेको उल्लेख गर्नुभयो । छठ पर्वपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।