२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको प्रधानमन्त्रीसमक्ष धारणा: छ महिनाभित्र ताजा जनादेश आवश्यक, सरकारले वैधताको स्रोत प्रमाणित गर्नुपर्छ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ भएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले र सोबिता गौतमले पार्टीको स्पष्ट धारणा प्रस्तुत गरेका छन् । बैठक साँझ ४ः१५ देखि राति ८ः३० बजेसम्म चलेको थियो ।

रास्वपाले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका मुख्य बुँदाहरू यसप्रकार छन्:

१. सरकारको औचित्य सकिएको निष्कर्ष:
रास्वपाले भाद्र २३ गतेको जेन–जी शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको नरसंहारपछि एमाले–कांग्रेसको गठबन्धन सरकार नै चरम कुशासन र अहंकारको प्रतीक बनेको र त्यसको नैतिक तथा राजनीतिक औचित्य समाप्त भएको बतायो। तिनै दुई दलको वर्चस्व रहेको प्रतिनिधिसभाको वैधता पनि सकिएको भन्दै रास्वपा नै ‘ताजा जनादेश’ माग्ने पहिलो राष्ट्रिय दल भएको स्पष्ट गरायो।

२. छ महिनाभित्र नयाँ निर्वाचन:
रास्वपाले प्रतिनिधिसभाको नयाँ निर्वाचन ६ महिनाभित्र गर्नुपर्ने अडान दोहोर्‍याउँदै संविधानिक सन्तुलनका लागि राष्ट्रिय सभाको ‘स्थायी स्वरूप’ कायम रहनुपर्ने बतायो। भाद्र २६ मा गरिएको पार्टीको अपिलकै मर्मअनुसार मुलुकको राजनीति अघि बढिरहेको मूल्यांकन समेत गरियो।

३. कार्की सरकारप्रति सद्भाव तर सर्तसहित:
रास्वपाले जेन–जी पुस्ताको प्रतिनिधित्वसहित संसद्मा प्रवेश गराएको दलका रूपमा सुशासन र पारदर्शिताप्रति जोड दिँदै कार्की सरकारप्रति सद्भाव र शुभेच्छा व्यक्त गर्‍यो। तर समर्थन अनन्तकालीन वा निःशर्त हुन नसक्ने उल्लेख गर्दै प्रतिशोधको राजनीति विरुद्ध सरकार उभिनुपर्ने माग राखियो।

४. वैधताको पाँच आधार:
पार्टीले सरकारको ‘शासकीय वैधता’ पाँच आधारमा टेकेर प्रमाणित हुनुपर्ने बतायो—

  • फागुन २१ को निर्वाचनको इमानदार तयारी,

  • भ्रष्टाचार र दण्डहीनता विरुद्ध कठोर कदम,

  • आर्थिक सुधारको तीव्र कार्यान्वयन,

  • विकास निर्माणमा गुणस्तरीय द्रुतता, र

  • सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध।

५. आगामी कार्यदिशाका अपेक्षाहरू:

  • शान्ति र सुरक्षाः भाद्र २३–२४ का घटनाबारे छानबिन, प्रहरीको मनोबल वृद्धिका लागि साधन–स्रोत परिचालन र merit आधारित नेतृत्व चयन।

  • सुशासन र आर्थिक सुधारः निर्वाचन आयोग दलको प्रभावबाट मुक्त हुनुपर्ने; ४७८ सिफारिस भएको आर्थिक सुधार प्रतिवेदनका अधिकांश बुँदाहरू कार्यान्वयन गर्नुपर्ने; सार्वजनिक खरिदमा पारदर्शिता र ‘अपरिवर्तनीय सुधार’ सुनिश्चित गर्नुपर्ने।

  • संविधान संशोधन र संवादः संशोधनका लागि विश्वसनीय उच्चायोग गठन गर्नुपर्ने र सर्वदलीय संवादलाई नागरिक समाज तथा मिडियासहित संस्थागत बनाइनुपर्ने।

  • निर्वाचनमा निष्पक्षता र अन्तर्राष्ट्रिय भूमिका: निष्पक्ष निर्वाचनका लागि संयुक्त राष्ट्रसंघ र मित्रराष्ट्रहरूको पर्यवेक्षकीय भूमिका सुनिश्चित गर्नुपर्ने; विदेशस्थित नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्न कूटनीतिक पहल आवश्यक रहेको; साथै परिपक्व परराष्ट्रमन्त्री वा ambassador-at-large तत्काल नियुक्त गर्नुपर्ने।

रास्वपाले बैठकमा सरकारको वैधता निरन्तर जनताको भरोसाबाट मात्रै प्राप्त हुने भन्दै “शान्ति, सुशासन र नयाँ जनादेश”का तीन आधारलाई आगामी राजनीतिक यात्राको केन्द्र बनाउने प्रतिवद्धता दोहोर्‍यायो।