६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

रास्वपाको प्रधानमन्त्रीसमक्ष धारणा: छ महिनाभित्र ताजा जनादेश आवश्यक, सरकारले वैधताको स्रोत प्रमाणित गर्नुपर्छ

रास्वपाको प्रधानमन्त्रीसमक्ष धारणा: छ महिनाभित्र ताजा जनादेश आवश्यक, सरकारले वैधताको स्रोत प्रमाणित गर्नुपर्छ
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ भएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले र सोबिता गौतमले पार्टीको स्पष्ट धारणा प्रस्तुत गरेका छन् । बैठक साँझ ४ः१५ देखि राति ८ः३० बजेसम्म चलेको थियो ।

रास्वपाले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका मुख्य बुँदाहरू यसप्रकार छन्:

१. सरकारको औचित्य सकिएको निष्कर्ष:
रास्वपाले भाद्र २३ गतेको जेन–जी शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको नरसंहारपछि एमाले–कांग्रेसको गठबन्धन सरकार नै चरम कुशासन र अहंकारको प्रतीक बनेको र त्यसको नैतिक तथा राजनीतिक औचित्य समाप्त भएको बतायो। तिनै दुई दलको वर्चस्व रहेको प्रतिनिधिसभाको वैधता पनि सकिएको भन्दै रास्वपा नै ‘ताजा जनादेश’ माग्ने पहिलो राष्ट्रिय दल भएको स्पष्ट गरायो।

२. छ महिनाभित्र नयाँ निर्वाचन:
रास्वपाले प्रतिनिधिसभाको नयाँ निर्वाचन ६ महिनाभित्र गर्नुपर्ने अडान दोहोर्‍याउँदै संविधानिक सन्तुलनका लागि राष्ट्रिय सभाको ‘स्थायी स्वरूप’ कायम रहनुपर्ने बतायो। भाद्र २६ मा गरिएको पार्टीको अपिलकै मर्मअनुसार मुलुकको राजनीति अघि बढिरहेको मूल्यांकन समेत गरियो।

३. कार्की सरकारप्रति सद्भाव तर सर्तसहित:
रास्वपाले जेन–जी पुस्ताको प्रतिनिधित्वसहित संसद्मा प्रवेश गराएको दलका रूपमा सुशासन र पारदर्शिताप्रति जोड दिँदै कार्की सरकारप्रति सद्भाव र शुभेच्छा व्यक्त गर्‍यो। तर समर्थन अनन्तकालीन वा निःशर्त हुन नसक्ने उल्लेख गर्दै प्रतिशोधको राजनीति विरुद्ध सरकार उभिनुपर्ने माग राखियो।

४. वैधताको पाँच आधार:
पार्टीले सरकारको ‘शासकीय वैधता’ पाँच आधारमा टेकेर प्रमाणित हुनुपर्ने बतायो—

  • फागुन २१ को निर्वाचनको इमानदार तयारी,

  • भ्रष्टाचार र दण्डहीनता विरुद्ध कठोर कदम,

  • आर्थिक सुधारको तीव्र कार्यान्वयन,

  • विकास निर्माणमा गुणस्तरीय द्रुतता, र

  • सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध।

५. आगामी कार्यदिशाका अपेक्षाहरू:

  • शान्ति र सुरक्षाः भाद्र २३–२४ का घटनाबारे छानबिन, प्रहरीको मनोबल वृद्धिका लागि साधन–स्रोत परिचालन र merit आधारित नेतृत्व चयन।

  • सुशासन र आर्थिक सुधारः निर्वाचन आयोग दलको प्रभावबाट मुक्त हुनुपर्ने; ४७८ सिफारिस भएको आर्थिक सुधार प्रतिवेदनका अधिकांश बुँदाहरू कार्यान्वयन गर्नुपर्ने; सार्वजनिक खरिदमा पारदर्शिता र ‘अपरिवर्तनीय सुधार’ सुनिश्चित गर्नुपर्ने।

  • संविधान संशोधन र संवादः संशोधनका लागि विश्वसनीय उच्चायोग गठन गर्नुपर्ने र सर्वदलीय संवादलाई नागरिक समाज तथा मिडियासहित संस्थागत बनाइनुपर्ने।

  • निर्वाचनमा निष्पक्षता र अन्तर्राष्ट्रिय भूमिका: निष्पक्ष निर्वाचनका लागि संयुक्त राष्ट्रसंघ र मित्रराष्ट्रहरूको पर्यवेक्षकीय भूमिका सुनिश्चित गर्नुपर्ने; विदेशस्थित नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्न कूटनीतिक पहल आवश्यक रहेको; साथै परिपक्व परराष्ट्रमन्त्री वा ambassador-at-large तत्काल नियुक्त गर्नुपर्ने।

रास्वपाले बैठकमा सरकारको वैधता निरन्तर जनताको भरोसाबाट मात्रै प्राप्त हुने भन्दै “शान्ति, सुशासन र नयाँ जनादेश”का तीन आधारलाई आगामी राजनीतिक यात्राको केन्द्र बनाउने प्रतिवद्धता दोहोर्‍यायो।