१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा नेपाल संवत नयाँ वर्षको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवतको नयाँ वर्ष ११४६ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले नेपाल संवत् ११४६ ले हामी सबैमा सामाजिक सद्भाव, लैङ्गिक समानता, पर्यावरणीय उत्तरदायित्व र समृद्ध नेपालको निर्माणमा समर्पित रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ–

नेपाल संवत् ११४६ प्रारम्भ भएको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरू र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

लिच्छवी राजा राघवदेवको समयमा राष्ट्रिय विभूति शंखधर साख्वाले काठमाडौँ उपत्यकाका किसान तथा विपन्न जनतालाई ऋणमोचन गरिदिएको खुसियालीमा नेपाल संवत् प्रचलनमा ल्याउनुभएको भन्ने मान्यता रहेको छ । नेपाल संवत् हाम्रो सांस्कृतिक सम्पदा, राष्ट्रिय पहिचान र एकताको प्रतीक पनि हो । शंखधर साख्वाको लोककल्याणकारी र परोपकारी कार्य तथा उहाँसँग सम्बन्धित नेपाल संवत्को नयाँ वर्षले हामी सबैलाई नि:स्वार्थ भावले समाज र राष्ट्रको उन्नतिका लागि समर्पित भएर काम गर्न उत्प्रेरित गर्दछ ।

नेपाल संवत् ११४६ ले हामी सबैमा सामाजिक सद्भाव, लैङ्गिक समानता, पर्यावरणीय उत्तरदायित्व र समृद्ध नेपालको निर्माणमा समर्पित रहन प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।