६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुलाई प्रधानमन्त्रीको आग्रह : अब जेन–जी र दलहरू सँगै बसेर चुनावकाे वातावरण बनाऔं



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।

आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

निर्वाचनका लागिअहोरात्र खटिएर काम गरिरहेको जानकारी गराउदै उहाँले अब जेनजी र दलहरू संगै बसौँ ।

दलहरूसँग संवादमा केही ढिलाइ भएको भन्दै उहाँले त्यसको कारणका बारेमा पनि प्रष्टिकरण दिनु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइका कारण सम्बादमा समय लागेको हो ।

सचिवालयका अनुसार सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको रराष्ट्रपतिबाट संवादको ढोका खोलिदिएपछि सहज भएको छ ।

छलफलमा प्रधानमन्त्री कार्कीले भन्नुभयो “जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । दल हरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ ।”