एजेन्सी । अमेरिकी इतिहासमा सबैभन्दा ठूलो एक–दिने प्रदर्शन राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनमा लाखौँ अमेरिकी नागरिक शहर र नगरहरूमा भेला भएका छन् ।
जुन १४ मा पहिलो राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनपछि सबै ५० राज्यहरूमा फैलिएको छ छ । यो राउन्ड ¥याली, संघीय सरकार बन्द १८ औं दिनमा प्रवेश गर्दा कुनै समाधान नदेखिएको अवस्थामा आएको हो ।
न्युयोर्क शहरमा १ लाख भन्दा बढी प्रदर्शनकारीहरूले टाइम्स स्क्वायर भरिपूर्ण बनाएका छन् । घृणाले अमेरिकालाई महान बनाउने छैन,स्वास्थ्य सेवा अधिकार हो, विशेषाधिकार होइन र हाम्रो संविधानको रक्षा गर्नुहोस् लेखिएका प्लेकार्डहरू फहराएका छन् । पश्चिम तटमा प्रदर्शनकारीहरू सियाटल, सान फ्रान्सिस्को र अन्य प्रमुख शहरहरूमा भेला भएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेयर डेनियल लुरी र स्थानीय कानून प्रवर्तन नेताहरूले यो विचार अस्वीकार गरेको केही घण्टापछि सान फ्रान्सिस्कोमा संघीय सेना पठाउन सक्ने संकेत गरेका छन् ।










