२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको सचिवालय संयोजकबाट गंगाले किन दिइन् राजीनामा ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा उनका सचिवालय संयोजक गंगा दाहालले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले सचिवालय संयोजकको जिम्मेवारीबाट राजीनामा दिएको सार्वजनिक गरेकी हुन् । उनले आफूलाई देखाएर प्रचण्ड र समग्र पार्टीमाथि योजनाबद्ध प्रहार भइरहेको आरोप लगाएकी छन् ।

गंगाले लेखेकी छन्, “म, मेरा दिदीहरू र भाइले महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएको कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागीरह्यौं । तर अहिले ममाथि भइरहेको कुप्रचार र भ्रामक सूचनाले निकै पीडा दिएको छ।”

उनले आफ्नो लवाई–खुवाई र व्यक्तिगत जीवनलाई लिएर निरन्तर भ्रम फैलाइएको र सञ्चारमाध्यममार्फत चरम रूपमा बदनाम गर्न खोजिएको गुनासो गरेकी छन् ।

“कहिले कति लाखको ब्याग भनिदिन्छन्, कहिले कति लाखको घडी भनेर प्रचार गर्छन् । लाख पर्ने ब्याग र घडी मैले जिन्दगीमा कहिले किनेकी पनि छैन । साथीहरूले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भइसकेको छ, तर अझै त्यही कुरा ल्याएर प्रहार भइराखेको छ,” गंगाले लेखेकी छन् ।

राजीनामाको अन्त्यमा उनले पार्टी र अध्यक्षप्रति सम्मान प्रकट गर्दै आफूले भविष्यमा पनि सकारात्मक योगदान दिने विश्वास व्यक्त गरेकी छन् ।