१३ भाद्र २०८३, शनिबार
,
Latest
बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको सचिवालय संयोजकबाट गंगाले किन दिइन् राजीनामा ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा उनका सचिवालय संयोजक गंगा दाहालले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले सचिवालय संयोजकको जिम्मेवारीबाट राजीनामा दिएको सार्वजनिक गरेकी हुन् । उनले आफूलाई देखाएर प्रचण्ड र समग्र पार्टीमाथि योजनाबद्ध प्रहार भइरहेको आरोप लगाएकी छन् ।

गंगाले लेखेकी छन्, “म, मेरा दिदीहरू र भाइले महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएको कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागीरह्यौं । तर अहिले ममाथि भइरहेको कुप्रचार र भ्रामक सूचनाले निकै पीडा दिएको छ।”

उनले आफ्नो लवाई–खुवाई र व्यक्तिगत जीवनलाई लिएर निरन्तर भ्रम फैलाइएको र सञ्चारमाध्यममार्फत चरम रूपमा बदनाम गर्न खोजिएको गुनासो गरेकी छन् ।

“कहिले कति लाखको ब्याग भनिदिन्छन्, कहिले कति लाखको घडी भनेर प्रचार गर्छन् । लाख पर्ने ब्याग र घडी मैले जिन्दगीमा कहिले किनेकी पनि छैन । साथीहरूले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भइसकेको छ, तर अझै त्यही कुरा ल्याएर प्रहार भइराखेको छ,” गंगाले लेखेकी छन् ।

राजीनामाको अन्त्यमा उनले पार्टी र अध्यक्षप्रति सम्मान प्रकट गर्दै आफूले भविष्यमा पनि सकारात्मक योगदान दिने विश्वास व्यक्त गरेकी छन् ।