१३ भाद्र २०८३, शनिबार
,
Latest
बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ दल दर्ताका लागि निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौँ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाउँदै गरेको राष्ट्रिय जेनजी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ ।

पार्टीको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन् भने उपाध्यक्ष मुना बिक, महासचिव गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेका छन् । पार्टीको प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन् ।

दल दर्ताका क्रममा पार्टीले आफ्नो चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरेको छ ।

पार्टीको नीतिगत तथा वैचारिक आधारमा सामाजिक उदारवादलाई राजनीतिक दर्शनका रूपमा अंगीकार गरिएको छ। पार्टीले युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई आफ्ना आधार स्तम्भहरूका रूपमा लिएको छ ।

पार्टीको विधान अनुसार कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न पाउने व्यवस्था गरिएको छ ।

राष्ट्रिय जेनजी पार्टी नेपालको संघीय कार्यालय काठमाडौंको अनामनगरमा रहेको छ ।