२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ दल दर्ताका लागि निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौँ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाउँदै गरेको राष्ट्रिय जेनजी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ ।

पार्टीको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन् भने उपाध्यक्ष मुना बिक, महासचिव गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेका छन् । पार्टीको प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन् ।

दल दर्ताका क्रममा पार्टीले आफ्नो चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरेको छ ।

पार्टीको नीतिगत तथा वैचारिक आधारमा सामाजिक उदारवादलाई राजनीतिक दर्शनका रूपमा अंगीकार गरिएको छ। पार्टीले युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई आफ्ना आधार स्तम्भहरूका रूपमा लिएको छ ।

पार्टीको विधान अनुसार कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न पाउने व्यवस्था गरिएको छ ।

राष्ट्रिय जेनजी पार्टी नेपालको संघीय कार्यालय काठमाडौंको अनामनगरमा रहेको छ ।