१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्धनिर्मित फल्चा लथालिङ्ग अवस्थामा



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्र निर्माणाधिन विभिन्न स्थानका फल्चाहरु अलपत्र परेका छन् ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा यात्रुहरूको सहज आवागमनका लागि निर्माण थालेका फल्चाहरु अहिले विभिन्न स्थानमा अर्धनिर्मित र अव्यवस्थित देखिएका हुन् ।

बानेश्वर, बबरमहल लगायतका स्थानका फल्चाहरु अहिले अर्धनिर्मित अवस्थामा रहेका छन् । काम अधुरै छोडिँदा ती संरचनाहरु जनसुरक्षा, ट्राफिक व्यवस्था र शहरी सौन्दर्यका हिसावले चुनौती बन्न थालेका छन् । काठमाडौंको मुटुमा अवस्थित मुख्य सार्वजनिक स्थलहरूमा यस्ता अधुरा फल्चाहरूको अवस्था हेर्दा नगरपालिकाको योजनागत कमजोरी, कार्यान्वयनमा देखिएको ढिलासुस्ती र उत्तरदायित्वको कमी स्पष्ट झल्किन्छ ।

राजधानीमा सार्वजनिक संरचना निर्माणको नाममा भइरहेका यस्ता कामहरूले शहरको भौतिक स्वरूपलाई बिगारिरहेका छन् । साथै आम नागरिकको सहज जीवनशैली र सुरक्षित यात्रामाथि समेत प्रश्नचिन्ह खडा गरिरहेका छन् ।