९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना किन तँ आइस् (कबिता)



अ+ अ-

-शंकर अर्याल

कोरोना किन तँ आइस्
यो संसार उजाडन
भयङ्कर रुप लिएर
जन जनलाई सताउन
वुहानमा कसरी जन्मिस्
त्यहाँ कसरी हुर्किइस्
फेरि त्यहाँबाट उडी
इटाली कसरी पुगिस्
बाटामा पर्ने कोरिया र
सिंगापुरमा तँ तर्सिइस्
इटालीमा पुगेर तँ
फेरि कसरी फैलिइस्
अब तँ रोकिनुपर्छ
विनाशलीला धेर भो
यतिका रोग फैलाइ
आतङ्क धेर मच्चियो
अब मान्छे कस्सिएका छन्
घरै पस्न नदिनलाई
अब देश डटेका छन्
सीमा बाहिर भगाउनलाई
त्यसैले अब तँ छाड्दे
विद्रुप रुप देखाउन
अशान्ति मात्र फैलाई
मान्छेलाई रुवाउन ।।