६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विद्यार्थीहरूको ज्यान गएको घटनाले अति दुःखित छुः ओली

विद्यार्थीहरूको ज्यान गएको घटनाले अति दुःखित छुः ओली
अ+ अ-

काठमाडौं, कात्तिक २ । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते विद्यार्थीहरूको ज्यान गएको घटनाले आफूलाई अति दुखित तुल्याएको बताउनुभएको छ ।

आइतबार सम्पादकसँगको छलफलमा बोल्दै ओलीले सो घटनामा चलेको गोली सुरक्षामा खटिएको प्रहरीको गोली नभएको बताउनुभयो । २३ गतेको घटना २४ गतेको घटनाको लुटपाट, तोडफोड र आगजनीको पूर्वतयारी स्वरूप भएको बताउनुभयो ।

ओलीले देश आफ्नो मात्रै नभएको बताउँदै देश बिग्रँदा आफूले मात्रै दुःख नपाउने बताउनुभयो । आफू ७३ वर्षको भइसकेको बताउँदै उहाँले यो देशमा धेरै बाँच्नु पर्नेले देशको बारेमा चिन्ता गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले जेनजीको माग अनुसार भ्रष्टाचारको छानबिन गर्न माग गर्नुभयो । अरूको नभए पनि आफ्नो सम्पत्ति छानबिन गरिदिन उहाँले आग्रह गर्नुभयो । त्यो छानबिन नेपाल पत्रकार महासंघ वा सम्पादक समाजले गरिदिए पनि हुने उहाँले बताउनुभयो । ‘मेरो घरको खरानीको कण–कणको हिसाब गर्नुपर्ने छ’, उहाँले भन्नुभयो ।

ओलीले भ्रष्टाचार र असोज २३, २४ को घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य पत्ता लगाउने आग्रह गर्नुभयो । ‘ओलीले सत्य स्थापित होस् म चाहन्छु सत्य स्थापित होस्’, उहाँले भन्नुभयो ।

ओलीले पत्रकार हिम्मतिलो जात भएको बताउँदै सत्य बोल्न आग्रह गर्नुभयो । केपी ओलीको विरुद्ध मात्र हिम्मतिलो होइन अपराध गर्नेका विरुद्ध पनि हिम्मतिलो हुन उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।

ओलीले अहिले सबैभन्दा ठुला भ्रष्टाचारीहरूको भ्रष्टाचार विरुद्धको आवाज सबैभन्दा ठुलो भएको उहाँले दाबी गर्नुभयो । उहाँले भ्रष्टाचारको एक दिन छानबिन गर्ने दिन आउने र त्यो चाँडै आउने दाबी गर्नुभयो । ‘यो चर्का स्वरले दबाउँछु भन्ने ठानेको होला, एक दिन आउँछ, छानबिन गर्ने दिन आउँछ’, उहाँले भन्नुभयो ।

ओलीले आफूले जेनजीसँग छलफल गरेको बताउँदै उनीहरूले आफ्ना आन्दोलन हाइज्याक भएकोले हजुरआमालाई प्रधानमन्त्री बनाइएको बाएका जानकारी दिनुभयो । जेनजी आन्दोलनमा भदौ २३ देखिनै घुसपैठ भएको र २४ गते सार्वजनिक र व्यक्तिगत संरचना कोट गरेरै जलाइएको ओलीको भनाइ छ ।

अहिले अपराधरिको खोजी गर्ने र कारबाही गर्ने भन्दा पनि केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर सकारकार लागेको उहाँले बताउनुभयो । तर आफूलाई पक्राउ गर्ने र दोषी प्रमाणित गर्ने कुनै ठाउँ नभएको उहाँले दाबी गर्नुभयो ।

आफू सोझो भए पनि जस जसले जहाँ जहाँ आयोग बनाउँछन्, जहाँ जहाँ बोलाउँछन् त्यहाँ त्यहाँ बयान दिन नजाने ओलीले बताउनुभयो ।

ओलीले भदौ २४ गते पदबाट राजीनामा दिएपछि सेनाको सुरक्षामा रहेको र भदौ २७ गतेसम्म मोबाइल सम्पर्क विहीन रहेको ओलीले बताउनुभयो । आफू सधैँ लोकतन्त्रको पक्षमा रहेको बताउँदै एमालेमा नेतृत्वको कुनै अभाव नभएको स्पष्ट पार्नुभयो । नेतृत्व गर्ने मानिस नभएर आफू एमालेमा बसिनरहेको ओलीले बताउनुभयो । समय र आवश्यकताको मागको आधारमा आफू एमालेको अध्यक्ष भइरहेको उहाँको धारणा छ ।

आफू रातदिन नभनेर देशका लागि समर्पित भएको दाबी गर्नुभयो । आफू प्रधानमन्त्री नहोस् भनेर कसैले पूजा गरे हुने बताउँदै जनताले पठाए भने फेरी प्रधानमन्त्री हुने दाबी गर्नुभयो ।

उहाँले जनतालाई केपी ओली फेरी फर्केर आउला कि भन्ने डर भए चुनावमा भोट नहाल्ने उहाँले बताउनुभयो । त्यसैले केपी ओली फेरि आउला कि भन्ने डर भए जनताले नै बाहिर राख्ने उहाँले दाबी गर्नुभयो ।

ओलीले अहिलेको अन्तरिम सरकार संविधान अन्तर्गत बनेको सरकार नभएको बताउनुभयो । जेनजीका नाममा स‌ंवैधानिक बाटाे हुँदा हुँदै अहिलेकाे सकार गलत बाटाे हिँडेकाे उहाँले दाबी गर्नुभयाे ।

केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको हो भनि माओवादी अध्यक्ष प्रचण्डले सफेद झुट बोल्नु भएको पनि उहाँले जानकारी दिनुभयो । आफूले संविधान भित्रबाट उपयुक्त माध्यमबाट आवश्यक कदम चाल्न राष्ट्रपतिलाई सिफारिस गरेको ओलीले दाबी गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले प्रमाण छ भन्दै हिँडेका बताउँदै ओलीले प्रमाण भए सार्वजनिक गर्न चुनौती दिनुभयो ।