६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बिप्लवको प्रश्तावः सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौँ

बिप्लवको प्रश्तावः सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौँ
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द बिप्लवले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रश्ताव गर्नुभएको छ ।

पार्टीले आईतवार काठमाडौं आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले वर्तमान सरकार जेन–जी विद्रोहको भावनाविपरित रहस्यमय ढंगले गठन भएको आरोप लगाउँदै तत्काल खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रश्ताव गर्नुभएको हो । वर्तमान सरकारले देशलाई अर्को राजनीतिक संकट र विद्रोहतर्फ धकेल्ने आफ्नो पार्टीको विश्लेषण रहेको उहाँको भनाइ छ ।

उहाँले अन्तरिम सरकारमा जेन–जीको सहभागिता समेत हुन नसकेको उल्लेख गर्दै र्तमान सरकार खारेज गरी जेनजीका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने जोड दिनुभयो । उहाँले वर्तमान सरकारले चुनावको वातावरण समेत बनाउन नसकेको आरोप लगाउनु भयो । उहाँले जबरजस्ती निर्वाचन गरेर मुलुकलाई दललाको हातमा दिने कार्य गर्ने दिशामा सरार अगाडि बढिरहेको आरोप समेत लगाउनु भयो । उहाँले नेपालका उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, व्यवसायी, बुद्धिजीवी तथा सत्ताबाहिर बसेर देशको स्वायत्तता र स्वाधीनताका लागि लडेका दलहरूलाई समावेश गरेर सर्वपक्षीय सरकारमार्फत संविधान सुधार गरेर मात्र निर्वाचनमा जानुपर्ने उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार जेनजी विद्रोहले उठाएका मागअनुकुल बन्न सकेको छैन । सरकार गठन हुँदाखेरी नै रहस्यमय तरिकाले बनाइयो । सरकार गठनका सम्बन्धमा विगतमा सरकारमा रहेका दलहरुको बीचमा नै मतभिन्नताहरु देखा परेका छन् । यो सरकार हामीले बनाएको हो भनेर सरकारको जिम्मा लिन तयार छैनन् । त्यो मात्र होइन मन्त्रीहरु कसरी बने भन्ने विषयमा समेत ठुला विवादहरु देखापरेका छन् । मन्त्री नै जेनजीको भावनाविपरित आए भन्ने कुराहर पनि उठिरहेको छ । सरकारमा जेनजीको सहभागिता नै हुन सकेको छैन । हाम्रो चिन्ता के हो भने यस्तो विद्रोहपछि जसरी मुलुकले राजनीतिक निकास पाउनुपर्नेमा अर्को संकटतर्फ धकेलिएको छ । यसले अर्को विद्रोह वा आन्दोलन सिर्जना गर्ने हाम्रो पार्टीको विश्लेषण छ । यो सरकार भ्रष्टाचारको विरुद्धमा, लोकतान्त्रिक व्यवस्थाको अपूर्णताको बारेमा, व्यवस्थापकिय प्रणालीको बारेमा राज्य पुर्नसंरचनाको आवश्यकता बोध नगरि देशलाई पछाडि धकेल्न खोज्यो । हाम्रो भनाइ के हो भने यो सरकार खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ । त्यसमा जेनजीका प्रतिनिधिहरु प्रत्यक्ष सहभागि बन्नुपर्छ । नेपालका उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, व्यवसायी र बुद्धिजिवी तथा सत्ताभन्दा बाहिर बसेर मुलुकको स्वायत्तता र स्वाधिनताका लागि लडेका दलहरुलाई समेत सहभागि गराएर अगाडि बढ्नुपर्छ । त्यो सर्वपक्षिय सरकारले संविधान सुधार वा निर्माणका लागि उच्चस्तरीय आयोग बनाउनुपर्छ । त्यसमार्फत संविधान संशोधन, शासकीय स्वरुप बदल्ने र व्यवस्थापकीय प्रणालीलाई नयाँ बनाउनुपर्छ । अनि मात्र चुनावमा जानुपर्छ ।’

उहाँले अहिलेसम्म राज्यसत्तामा बसेका नेताहरुको सम्पती छानविन गर्न आयोग गठन गर्न समेत माग गर्नुभयो । उहाँले मुलुकमा रहेको कालोधन समाप्त पार्न ५ सय र एक हजारका नोटहरु बन्द गर्नुपर्ने बताउनु भयो ।