१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाभित्र ‘रिफर्मेसन’ बहसः नेतृ तोशिमा कार्कीको असन्तुष्टि, “हामीले खोजेको सुधार यो होइन”



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ डा. तोशिमा कार्कीले पार्टीभित्रको सुधार (रिफर्मेसन) प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नेतृत्वलाई थप लोकतान्त्रिक बन्न आग्रह गरेकी छन् ।

फेसबुकमा लेख्दै उनले पार्टीभित्र रिफर्मेसनको एजेन्डा उठेको भए पनि त्यसको व्यवहारिक रूप नेतृत्वले नदिएको टिप्पणी गरेकी छन् । दुई हप्ताभित्र हुने भनिएको विस्तारित बैठक नहुन दिई सचिवालय नै विस्तार गरिनु सुधारको दिशामा नपर्ने निर्णय भएको उनको टिप्पणी छ ।

“हामीले खोजेको रिफर्मेसन यो होइन । कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो,” उनले लेखेकी छन् ।

डा. कार्कीले पार्टीभित्र कार्यशैली सुधार र संगठनका सबै तहमा अपनत्व बढाउने आवश्यकता औंल्याउँदै विस्तारित बैठकमा बृहत सहभागिता र मताधिकार सुनिश्चित गर्न माग गरेकी छन् ।

उनले लेखेकी छन्, “मताधिकार नदिने भए देशभरिबाट चितवनसम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन ।”

पछिल्ला दिनमा रास्वपाभित्र पार्टी नेतृत्व, कार्यशैली र संगठनात्मक संरचना पुनर्गठनबारे आन्तरिक छलफल र असन्तुष्टि सार्वजनिक हुँदै आएका छन् । आगामी महाधिवेशनको मिति र तयारीबारे निर्णय गर्न २ हप्ताभित्र विस्तारित बैठक बोलाइएको थियो ।