१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापारीहरुको गुनासोः तिहारमा गत वर्षको जस्तो टोपीको व्यापार भएन



अ+ अ-

काठमाडौँ । यस वर्ष तिहारको मुखमा पनि टोपी व्यापार नभएको व्यापारीहरुले गुनासो गरेका छन् ।

जेन—जी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटले समाजनै अस्तव्यस्त भइरहेका बेला आएको तिहारमा टोपीको व्यापार पनि खासै नभएको काठमाडौंका व्यापारीहरुले बताएका हुन् । पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी ज्योति मानन्धरले बताउनु भयो । उहाँले उहाँले राजनीतिले गर्दा आफूहरुको तिहारजस्तो चाडमा पनि व्यापार हुने अवस्था नरहेको दुःखेसो पोख्नुभयो । तिहारमा दाजुभाईलाई उपहारको रुपमा दिने टोपीको अधिक व्यापार हुने गर्दछ । तर यस वर्ष त्यसको समेत व्यापार नभएकोमा व्यापारीहरु निराश छन् ।

व्यापारी मानन्धरले भन्नुभयो, ‘यसपाली त्यति व्यापार छैन । पहिलाको जस्तो व्यापार छैन । राजनीतिले होला व्यापार नभएको । टोपी दाजुभाईलाई तिहारमा उपहार दिने चलन भएपनि व्यापार हुन सकेन ।

आईतवार तिहारको पहिलो दिन हो । अझै २—३ दिन व्यापार हुनेमा भने उनीहरुका आशावादी छन् । नेपालमा तिहारलाई दोस्रो ठूलो चाडको रुपमा मनाउने गरिन्छ । सो पर्वमा दिदीबहिनीहरुले दाजुभाईको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै टोपीलगायतका उपचार दिने गर्दछन् भने दाजुभाईले दिदीबहिनीलाई दक्षिणा दिने गर्दछन् ।




भर्खरै