१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान



अ+ अ-

काठमाडौँ ।बाह्रखरी मिडियाले ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान गरेको छ ।

काठमाडौंमा शुक्रवार पत्रकार सम्मेलन गर्दै बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो ।

बाह्रखरी मिडियाले यस वर्षदेखि विगतका वर्षभन्दा पुरस्कार राशि बढाएको जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख  र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बाह्रखरी मिडियाको भनाइ छ । यो पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो । संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

कथा लेखनको संवद्र्धन र प्रवद्र्धनका निम्ति यस प्रतियोगिता गरिएको बाह्रखरी मिडियाले जनाएको छ । “नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले 12Kharibooks@gmail.com मा इमेल गरेर कथा पठाउनुपर्नेछ । नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्ने बताइएको छ ।  रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ । रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्ने बताइएको छ । अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहो¥याएर पठाउन नपाइने र कथा अप्रकाशित र अप्रशारित हुनुपर्ने बाह्रखरि मिडियाको शर्त छ ।

नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रशारण गर्न पाइने छैन । छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रशारण भएको पाइएमा पुरस्कार निलम्वन गरिने जनाइएको छ । कथा कम्तीमा १ हजार ५ सय शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्नेछ । कथा वर्ड फाइलमा मात्र पठाउनुपर्ने बताइएको छ ।