१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठकमा प्रतिनिधिसभा निर्वाचन सार्नुपर्ने माग



Congress Central committee
file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्नुपर्ने माग उठाइएको छ ।

पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको मितिमा पहाडी जिल्लामा निर्वाचन सम्भव नहुने दाबी गर्दै वैकल्पिक मिति तय गर्न सुझाव दिएका छन् ।

उनले भने, “फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन सक्दैन। त्यतिबेला मौसम र भौगोलिक कठिनाइका कारण मतदान गर्न समस्या आउँछ ।”

शर्माले वैशाख मसान्तमा निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारे । उनले भने, “वैशाख मसान्तको मितिमा निर्वाचन गर्दा शान्ति–सुरक्षाको वातावरण अनुकूल बनाउन सरकारले पर्याप्त तयारीको समय पाउँछ।”

कांग्रेसको बैठकमा अन्य नेताहरूले पनि निर्वाचन तयारी, उम्मेदवारी छनोट र संगठन सुदृढीकरणबारे आ–आफ्ना धारणा राखेका छन् ।




भर्खरै