६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकार प्रतिशोधमा लाग्यो, संसद विघटन संविधान विपरितः काँग्रेस

सरकार प्रतिशोधमा लाग्यो, संसद विघटन संविधान विपरितः काँग्रेस
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सात जना सदस्यहरुले धारणा राखेका छन् ।

बिहीवार दिउँसो बसेको केन्द्रिय समितिको बैठकमा सात जना मात्रै सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेन—जी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । बैठकमा बोल्ने सदस्यहरुले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राख्नुभएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राख्नुभएको बताउनु भयो । आम नागरिकले पूर्ण रुपमा सुरक्षा महशुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको बताउनु भयो ।

निर्वाचनमा कुनैपनि भय बिना भाग लिने वातावरण बनाउनुपर्ने धारणासदस्यहरुले राख्नुभएको बताउनु भयो । साथै बैठकमा पुनः स्थापना बारेमा पनि केही सदस्यहरुले आफ्ना धारणा राख्नुभएको दाबी गर्नुभयो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान अवस्थाबारे बैठकमा जानकारी गराउनुभएको बताउनु भयो । पार्टीले नियमित महाधिवेशन नै अघि बढाउने र विशेष महाधिवेशनको एजेण्डा केन्द्रिय समितिको बैठकमा नरहेको बताउनु भयो । उहाँले आम निर्वाचन र पार्टीको अधिवेशनबारे प्रश्न उठाउनुभएको जिकिर गर्नुभयो । बैठकमा कार्यतालिका प्रश्ताव अहिलेसम्म नगरिएको पनि जानकारी दिनुभयो ।

बैठकपछि बोल्दै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जेन—जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जरैदेखि छानविन हुनुपर्ने धारणाहरु आएको बताउनु भयो । साथै अबको दिनमा काँग्रेस कसरी अघि बढ्ने भन्नेबारेमा सुझावहरु आएको बताउनु भयो । नियमित अधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताउनु भयो । नियमित अधिवेशन मंसिरभित्रै गर्नुपर्नेमा जोड दिनुभयो । जेन—जीको पहिरनमा गरिएका कामहरु र व्यक्तिहरु पत्ता लगाउनुपर्ने बताउनु भयो । सुरक्षाको प्रत्याभुति नभइ राजनीतिक दलहरु निर्वाचनमा जान नसक्ने बताउनु भयो । संसद पुनःस्थापनातिर लाग्न नहुने उहाँको भनाइ छ । हजार र पाँच सयको नोट प्रतिवन्ध गर्न माग समेत गर्नुभयो । हरेक छानविनका लागि काँग्रेस तयार रहेको बताउनु भयो ।

बैठकपछि बोल्दै केन्द्रिय सदस्य रामहरि खतिवडाले कानून हातमा लिएर सरकार चलाउने काममा केही व्यक्तिहरु लागेको बताउनु भयो । उहाँले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भयो । समाजमा त्रास कायम रहेकाले त्यसलाई हटाउन आग्रह गर्नुभयो । सरकार संविधान विपरित बनेको र त्यसबारे सोच्नुपर्ने धारणा नेताहरुले राख्नुभएको बताउनु भयो । उहाँले जेन जीका मागहरु सम्बोधन गरेर जान आवश्यक रहेको बताउनु भयो । पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्नेगरी अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

केन्द्रिय सदस्य इन्द्रबहादुर बानियाँले जेन—जी आन्दालेन, अप्राकृतिक विपत्ति, आगजनी, तोडफोडबारे मूल्यांकन लगायतबारे छलफल गर्नेबारे विषयहरु उठेको बताउनु भयो । पार्टीका सभापति र नेताहरुमाथि भएको आक्रमणबारे पनि छलफल हुने बताउनु भयो । साथै महाधिवेशनबारे पनि विषयहरु बैठकमा उठेको बताउनु भयो । समयमै महाधिवेशन गर्नुपर्ने बारेमा छलफल शुरु भएको बताउनु भयो । निर्वाचन हुने कुराको विश्वसनीय वातावरण बनेको खण्डमा काँग्रेस निर्वाचन सम्पन्न गरेर आन्तरिक काममा लाग्ने बताउनु भयो । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै काँग्रेस निर्वाचनबाट नभाग्ने दाबी गर्नुभयो ।

एकतावद्ध भएर कार्यतालिका बनाइ काँग्रेस अघि बढ्ने बताउनु भयो । सबैको भावना समेट्दै काँग्रेस अघि बढ्ने बताउनु भयो । देशमा शान्ति सुरक्षा कमजोर रहेको, सुरक्षा निकायको मनोबल गिरेको अवस्था रहेको बताउनु भयो । सरकारको प्राथमिकता निर्वाचन रहेको बताउनु भयो ।