१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश



अ+ अ-

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि अदालतले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत आइतबार महरालाई पक्राउ गरेको थियो। उनीमाथि ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ ।

महरामाथि विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ । सो प्रकरणमा सीआईबीले भन्सारका नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो, जसमा महरा र उनका छोरा राहुल महरा लगायतलाई संलग्न आरोप लगाइएको छ ।




भर्खरै