६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

शेयर निष्कासन रोकिँदा निजी लगानीमा गम्भीर असरः आन्दोलनमा उत्रिने इप्पानको चेतावनी

शेयर निष्कासन रोकिँदा निजी लगानीमा गम्भीर असरः आन्दोलनमा उत्रिने इप्पानको चेतावनी
अ+ अ-

काठमाडौँ । धितोपत्र बोडले जलविद्युत कम्पनीहरूको आईपीओ तथा राइट सेयर निष्कासन नगरिदिँदा निजी लगानीमा गम्भीर असर परेको निजी क्षेत्रले जनाएको छ ।

निजी क्षेत्रका जलविद्युत कम्पनीहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले २८ महिनादेखि बोर्डले जलविद्युत कम्पनीहरूको आईपीओ तथा राइट शेयर निष्कासन रोकेर राखेको जानकारी दिएको छ । जलविद्युत आयोजनाको शेयर निष्कासन आयोजना निर्माणको क्रममा नै हुनेगरी तत्काल अगाडि बढाउन बोर्ड र सरकारलाई आग्रह गरेपनि सरकारले बेवास्ता गरेको इप्पानको गुनासो छ । इप्पानले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बोर्डले तत्काल शेयर निष्कानको व्यवस्था नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

इप्पानकाअनुसार हालसम्म करिव ९ सय ७५ मेगावाट क्षमताका ४३ जलविद्युत् कम्पनीले आईपीओका लागि पाईपलाईनमा रहेका छन् भने ७ कम्पनीले राइट शेयर निष्कासन गर्न सकेका छैनन् । यसका कारण करिब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासन रोकिएको र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको इप्पानको दाबी छ । शेयर निष्कासन नभएका कारण कम्पनीहरूले ब्याजमा १२ अर्ब ४० करोड रुपैयाँ अतिरिक्त तिर्नुपरेको र ७१ अर्ब रुपैयाँभन्दा बढी राजश्व गुमेको इप्पानको भनाई छ । इप्पानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र उर्जामन्त्री कुलमान घिसिङलाई आफूहरुको समस्याको बारेमा जानकारी गराइसकेको बताउनु भयो । उहाँले पछिल्लो समय निःशुल्क शेयर समेत माग्न थालेको कुरा गृहमन्त्री ओम प्रकाश अर्याललाईसमेत जानकारी गराएको बताउनु भयो । इप्पालने धितोपत्र बोर्डलाई पटक पटक आईपिओ निष्कासनको लागि पत्र लेखेपनि नटेरेको उहाँले बताउनु भयो ।

इप्पानले धितोपत्र बोर्डले ‘रियल नेटवर्थ’ ९० भन्दा माथि हुनुपर्ने जस्ता कानूनमा नभएको मापदण्ड लागू गरेर केही कम्पनीहरूलाई आईपीओ प्रक्रिया बाहिर राखेको आरोप लगाएको छ । रिचेत जलविद्युत, बेनी हाइड्रोपावर, युनिक्यू हाईडेल, याम्बलिङ, लाफिङबुद्ध र पुवा खोला जलविद्युत कम्पनीलाई आईपीओ आवेदनबाटै हटाइएको उहाँको भनाई छ । इप्पानले धितोपत्र बोर्डका अध्यक्षविरुद्ध अदालतमा मुद्दा दायर गर्ने, शेयर निष्कासनमा भएको ढिलाइबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने र १५ दिनभित्र माग पूरा नभएमा आन्दोलनमा जाने निर्णय सार्वजनिक गरेको छ । आन्दोलन भर्चुअल र शारीरिक दुवै प्रकारको हुने बताइएको छ ।

साथै, आयोजना सुरक्षाका लागि विशेष सुरक्षा दस्ताको व्यवस्था मिलाउन गृह, रक्षा तथा ऊर्जामन्त्रीसँग आग्रह गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
भोटेकोशी जलविद्युत आयोजनामा स्थानीय समूहले निःशुल्क शेयर माग गर्दै एक महिना उत्पादन अवरुद्ध गरेपछि उत्पन्न विवादबारे पनि इप्पानले आफ्नो धारणा सार्वजनिक गरेको छ । कानूनले स्थानीयलाई १० प्रतिशत सेयर दिने व्यवस्था गरेपनि त्यसलाई निःशुल्क दिनुपर्ने बाध्यता नभएको इप्पानले प्रस्ट पारेको छ । इप्पानले निःशुल्क शेयर माग गरेर आयोजना अवरुद्ध गर्न खोज्नु गैरकानूनी भएको जनाएको छ । निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनामा भोटेकोशी गाउँपालिका जेन—जी समूहको नाममा १० प्रतिशत निःशुल्क शेयर लगायतका माग राखेर गत भदौ २५ गतेदेखि विद्युत उत्पादन नै बन्द गरिएको थियो ।