२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन—जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुन्छन्, सरकार निर्वाचन गराउने पक्षमा देखिँदैनः राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेन—जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुने बताउनुभएको छ ।

सभामुख देवराज घिमिरेसँगको कुराकानीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । संसद विघटन नभएको भए अहिलेकै संसदबाट संविधान संशोधन गरेर मागहरु पूरा गर्न सकिने भएपनि त्यो अवस्था नरहेको बताउनु भयो । अब निर्वाचित हुने सांसदहरुले पनि आफ्नो कार्यकालको अन्तिमतिर मात्रै संविधान संशोधन गर्ने र जेन जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुने अवस्था आउने बताउनु भयो ।

अहिलेका प्रधानमन्त्री संविधानसम्मत बन्नुभएको प्रधानमन्त्री नरहेको बताउनु भयो । वर्तमान सरकारका मन्त्रीहरु फागुन २१ मा निर्वाचन गरानेतर्फ भन्दा राजनीतकि दलहरुसँग मुठभेड गराउनेतर्फ उद्यत रहेको आरोप लगाउनु भयो । अन्तरिम सरकारका मन्त्रीहरुले निर्वाचन नगराउने किसिमका मन्तव्यहरु दिँदै हिँडिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसरी बोलाउने काम राजनीतिक दलकै नेताहरुको थियो । सभामुखज्युको भन्दा पनि । अहिले संविधानमाथि पनि समस्या परेको छ । जुन धारा टेकेर प्रधानमन्त्री बन्नुभएको छ, त्यो धाराअनुसारको प्रधानमन्त्री बन्ने ठाउँ छैन । संविधान बच्यो र अहिलेको परिस्थितिको आवश्यकतालाई ध्यानमा राखेर निर्णय भएपछि विरोध जनाएनौँ । अहिले संसद बँचाएको भए जेन जीहरुले सडकमा आन्दोलन गरेर राखेका मागहरु प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि २१ वर्षको उमेरमै पनि सांसद उठ्न पाउनुपर्ने लगायतका कुराहरु यही संसदबाटै संशोधन गरेर काम गर्न स्क्थ्यौँ । तर यो भएन । अब जेन जीको माग ६ वर्षपछि मात्र पूरा हुन्छ । डिरेल भएको संवैधानिक अवस्थालाई लिकमा ल्याउने निर्वाचनले नै हो । जनताको ताजा जनादेश नै हो । अहिले चुनावको वातावरण छैन । सरकारका मन्त्रीहरु नै चुनाव नगर्ने नगर्ने टाइपका भाषणहरु गरिरहेका छन् ।’

उहाँले निर्वाचनको बारेमा राजनीतिक दलहरुलाई बोलाएर सिंहदरबार छलफल गर्नुपर्नेमा शितल निवासमा बोलाउनु नै गलत भएको बताउनु भयो । ८ हजार कैदीबन्दी फरार रहेको, १ हजार २ सय बढी हातहतियार लुटिएको, ९८ हजार गोली हराएको अवस्थामा आगामी निर्वाचन निष्पक्ष हुन नसक्ने जिकिर गर्नुभयो ।