६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विदेशी मुद्रा सञ्चिति ‘ऐतिहासिक’

विदेशी मुद्रा सञ्चिति ‘ऐतिहासिक’
अ+ अ-

काठमाडौँ । विदेशी मुद्रा संञ्चिति बढेर ऐतिहासिक अवस्थामा पुगेको छ ।

वैदेशिक रोजगारमा गएकाले पठाउने विप्रेषणको आकार बढ्दै जानुका साथै मुलुकबाट बाहिरिने भन्दा भित्रिने विदेशी विनिमय मुद्राको आकार बढ्नु, शोधनान्तर निरन्तर वचतमा हँुदा विदेशी मुद्रा सञ्चितिको आकार चुलिएको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५८२ अर्ब ३८ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ ।

२०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउन–भदौंको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९ दशमलव ७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७ दशमलव २ प्रतिशत, १३३ दशमलव १ प्रतिशत र ३६ दशमलव ६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३ दशमलव ८ प्रतिशत, १२८ दशमलव १ प्रतिशत र ३४ दशमलव १ प्रतिशत रहेका थिए ।

नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३३.१ प्रतिशत र अमेरिकी डलरमा २७.६ प्रतिशतले वृद्धि भएको छ । २०८२ सालको भदौ महिनामा मात्र १७४ अर्ब ६७ करोड रुपैयाँ बराबरको विप्रेषण आएको छ । निर्यात ८८.६ प्रतिशत र आयात १६.२ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा नेपाल सरकारको कुल खर्च १८० अर्ब १७ करोड र राजश्व परिचालन १५७ अर्ब ५३ करोड रुपैयाँ भएको छ ।
विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यो वृद्धि १२.४ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ०.५ प्रतिशत र निजी क्षेत्रका कर्जामा ०.९ प्रतिशतले वृद्धि भएको छ ।

अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर २.१३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको ब्याजदर ७.६६ प्रतिशत रहेको उल्लेख गरिएको छ ।