९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले फोनमार्फत बहराइनका नेपालीको जानकारी लिए



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फोन गरेर बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे जानकारी लिएका छन् ।

विश्वका अन्य देशहरुमा जस्तै बहराइनमा पनि कोरोना भाइरस कोभिड १९ को महामारीका कारण नेपाली प्रभावित भइरहेका छन् । त्यसैकारण शनिबार प्रधानमन्त्रीले बहराइनका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेका हुन् । उनले प्रधानमन्त्रीसँग त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सो बारेमा आफ्नो व्यक्तिगत आधिकारिक ट्वीटर ह्याण्डल मार्फत् जानकारी दिएका हुन्।

बहराइनका समकक्षीहरुले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।