३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’



फाईल फोटो
अ+ अ-

काठमाडौं । निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल गठन गरेका छन् ।

सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् ।

उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी र चौधरीको तस्वीर अंकित प्लेकार्डसहित निर्वाचन आयोगमा पुगेका थिए । र्‍यालीमा चौधरीकी श्रीमतीसमेत सहभागी थिइन् ।

टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने अहिले कारागारमा छन् । जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा उनले उपेन्द्र यादव र महन्थ ठाकुर दुबैलाई समर्थन नगरी तटस्थ बसेका थिए ।




भर्खरै